Logo
७ बैशाख २०८१, शुक्रबार
(October 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेल्जियमबाट उपेन्द्रको प्रशन ‘प्रधानमन्त्रीले दसैँ अगाडि गर्छु भनेको काम खोइ गरेको ?’

upendra-yadav

बेल्जियम १७, असोज । यूरोप भ्रमणमा रहेका संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रवासमा रहेका नेपालीहरूको आधुनिक ज्ञान, सीप र क्षमतालाई स्वदेशमा सदुपयोग गर्न सुझाव दिएका छन् । विश्वको कुनाकुनामा छरिएर रहेका प्रवासी नेपालीहरुले देखे र भोगेका अनुभव स्वदेशका लागि उपयोगी हुनेमा जोड दिँदै यादवले आधुनिक विश्वले दिएको सीप र क्षमतालाई स्वदेशमा प्रयोग गर्न प्रवासी नेपाली र नेपाल सरकार दुवैलाई सुझाव दिएका हुन् ।

फोरम नेपालको प्रवास भ्रातृ संगठन नेपाली संघीय समाज बेल्जियमले ब्रसेल्समा आयोजना गरेको ‘नेपालको वर्तमान राजनीतितक अवस्था, चुनौति र सम्भावना’ बिषयक बृहत् अन्तरक्रियालाई प्रमुख अतिथिको हैसियतले फोरम नेपालका अध्यक्ष यादवले सम्बोधन गरेका छन् ।  यादवले भने, ‘नेपालमा लगानीको उचित वातावरण बन्ने हो भने प्रवासी नेपाली समाजबाट स्वदेशलाई धेरै लाभ हुन सक्छ । भ्रष्टाचार, कमिशनयन्त्र, लुटतन्त्रलाई नियन्त्रण गरी जलस्रोत, पर्यटन, कृषि र मानवीय साधन र शक्तिको विकास गरी प्रवासी नेपालीहरूको सीप र क्षमतालाई मुलुकमा लगानी गरी विकास गन सकिन्छ ।’

अध्यक्ष यादवले नेपालमा संविधान संशोधन प्रक्रियामा भइरहेको ढिलाईप्रति चासो व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दसैँअघिनै संशोधन प्रस्ताव दर्ता हुने सार्वजनिक प्रतिबद्धता जनाएको अवस्थामा पनि संशोधन प्रस्ताव दर्ता नभएकोमा उनले चिन्ता जाहेर गरेका हुन् । संविधानलाई दीर्घकालीन ढंगले सर्वस्वीकार्य बनाउन संविधान संशोधनको विकल्प नभएको यादवले दोहो¥याए । ‘संविधान संशोधन गरी मधेशी, आदिवासी जनजाति, मुश्लिम, थारू,दलित, महिला, लगायत राज्यद्धारा बहिष्करणमा पारिएका सम्पूर्ण समुदायहरूको मुद्दालाई सम्बोधन गरिनु पर्दछ’, उनले भने ।

प्रकाशित मिति: Oct 4, 2016

प्रतिक्रिया दिनुहोस्