Logo
६ बैशाख २०८१, बिहीबार
(October 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार सय नेपालीका कन्टेनर समुन्द्रमा अलपत्र !

bandargaha

काठमाडौं । समुन्द्रमा ढुवानी सेवा चलाउने ‘हान्जन सिपिङ कर्पोरेसन’ आर्थिक समस्यामा परेपछि नेपाली व्यवसायीका करिब चार सय कन्टेनर सामान विभिन्न मुलुकका समुद्री तटमा अलपत्र परेका छन् । विश्वको सातौं ठूलो सिपिङ कम्पनी हान्जिनमार्फत नेपाली व्यवसायीले आयात र निर्यातका लागि पठाएका सामान अलपत्र परेका हुन् ।

हान्जिन कोरियाको सबभन्दा ठूलो कम्पनी हो । ‘कम्पनी टाट पल्टेर धेरै व्यवसायीका सामान अड्किएका छन्,’ नेपाल वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भने, ‘हाम्रो जानकारीमा आएसम्म करिब ४ सय कन्टेनर सामान विभिन्न मुलुकका बन्दरगाहमा छन् ।’

नेपालबाट निर्यात गरिएका सामान कोलकतामा अड्किएकाछन् भने आयातकर्ताको सामान हङकङ, सिंगापुर, थाइल्यान्ड, चीनलगायत मुलुकका बन्दरगाहमा अलपत्र परेको व्यवसायीले जानकारी दिएका छन् । चीनले हान्जिनका केही समुद्री जहाजलाई कब्जा गर्ने समाचार आएपछि चिनियाँ बन्दरगाहमा रोकिएका सामान आउनेरनआउने अन्योल भएको व्यवसायीले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Oct 3, 2016

प्रतिक्रिया दिनुहोस्