Logo
८ बैशाख २०८१, शनिबार
(October 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरि खुल्यो आजदेखि बसको टिकट बुकिङ

 tiket

१७ असोज, काठमाडौं । चौतर्फी दबाबपछि यातायात व्यवसायी थप बस चलाउन तयार भएका छन् । सोमबारदेखि दसैँका लागि पुनः बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको छलफलमा बस चलाउँदाको यातायात व्यवसायीलाई हुने घाटा समितिले बेहोर्ने सहमति भएको छ ।

सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नदिने सरकारको निर्णयको विरोध गर्दै व्यवसायीले ४० प्रतिशत बस चलाउन मानेका थिएनन् । सिट क्षमताअनुसार मात्र यात्रु राख्दा घाटा हुने भन्दै उनीहरूले एकतर्फी बाटोको इन्धन खर्च सरकारले दिनुपर्ने अडान राख्दै आएका थिए । जिल्ला र ग्यारेजमा राखिएका बस सञ्चालनमा आउने यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले आइतबारको छलफलपछि व्यवसायीहरू सबै बस चलाउन तयार भएको बताए ।

‘सोमबारदेखि फेरि बसको टिकट अग्रिम बुकिङ खुल्नेछ,’ उनले भने, ‘जिल्ला र ग्यारेजमा रहेका बसहरू ल्याएर चलाउन व्यवसायीहरू तयार भएका छन् ।’ व्यवसायीहरूको अनावश्यक अडानपछि सरकारले स्कुल, कलेज तथा सरकारी बसहरू सञ्चालन गरी दसैँमा यात्रु ओसार्ने तयारी गरेको थियो ।

दसैँमा घर जान काठमाडौं उपत्यकामा रहेका करिब १० लाख सर्वसाधारणले मात्र टिकट पाएका छन् । हरेक वर्ष करिब १८ लाख मानिस सार्वजनिक यातायातबाट गृहजिल्ला जाने गरेका छन् । गत ७ असोजमा टिकट खुलेकोमा तीन दिनमै टिकट सकिएको भन्दै व्यवसायीले थप बस चलाउन मानिरहेका थिएनन् । सरकारसँगको सहमतिपछि सोमबारदेखि थप बस लाउन व्यवसायी तयार भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: Oct 3, 2016

प्रतिक्रिया दिनुहोस्