Logo
११ बैशाख २०८१, मंगलबार
(October 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्य‌ुत चोरी नियन्त्रण गर्न गएका प्राधिकरणका कर्मचारी कुटिए

bijuli

सप्तरी  । विद्युत चोरी नियन्त्रण अभियानमा खटिएका नेपाल विद्य‌ुत् प्राधिकरण वितरण केन्द्र राजविराजका एक कर्मचारीमाथि दुर्ब्यवहार गर्दै कुटपिट गरिएको छ ।

विद्य‍ुत् चुहावट अभियानलाई निरन्तरता दिँदै प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त अनुगमन टोलीले स्थानीय डिवनमा चोरी नियन्त्रण गर्न गएका प्राधिकरण राजविराजका इलेक्ट्रिकल विभागका अनन्तलाल मण्डलमाथि स्थानीयवासी जीवछ साह र मनोज यादव सहितका व्यक्तिले कुटपिट गरेको प्राधिकरणका प्रमुख रामउदगार साहले बताए ।

साथै जिल्लाका भगवतपुर, सडेपार, सकरपुरा, मझोरा र बनोली हुँदै डिवनमा विद्य‌ुत् चोरी क्रममा समातिएका नौ जना भगाउनका साथै अभियुक्तले तीन थान मोटर र दुई थान सिलाइकटाइको यन्त्र लगायत सामान प्राधिकरणका कर्मचारीबाट खोसेको प्रमुख साहले जानकारी दिए ।

यसैबीच प्राधिकरण वितरण केन्द्र राजविराजले कुटपिट गर्नेमाथि कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । केही दिनयता सप्तरी जिल्लामा व्यापक विद्युत् चुहावट भइरहेको जनाउँदै प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीले संयुक्त रुपमा अनुगमनलाई नियन्त्रण दिँदै आएका छन् । रासस

प्रकाशित मिति: Oct 2, 2016

प्रतिक्रिया दिनुहोस्