Logo
८ बैशाख २०८१, शनिबार
(October 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हङकङ पुलिसको अप्रेशनमा २ नेपाली ‘ग्याङ्ग्स्टरको इन्काउन्टर’

honkang-news

हङकङ । स्थानिय प्रहरीले हङकङ स्थित आइतबार बिहानै दुई नेपालीलाई गोली हानेका छन् । याउ मा तेईका पुलिस कमान्डर एड्रिन माले आफ्ना दुई पुलिस अफिसरले सानो हेलिकोप्टरमार्फत झगडा गरिरहेका समूहलाई चार राउन्ड गोली हानेको बताएको छ । यसैक्रममा झगडा गर्ने तीनजनामध्ये दुईजनालाई गोली लागेको छ भने अर्कालाई हेलिकोप्टरले लागेका कारण हस्पिटल पुर्याइएको छ ।

याउ मा तेइका पुलिस डिभिजिनल कमान्डर एड्रिन माले झगडा गरिरहेकालाई झगडा नगर्न र हतियार बिसाउन बारम्बार आग्रह गरेपनि उनीहरुले नमानेपछि आफूहरुले बाध्य भएर गोली हान्नु परेको बताए । ‘पहिलो गोली चलाएपनि उनीहरुको झगडा रोकिएन । पीडितलाई थप चोट नलागोस् भन्ने उद्देश्यले हामीले दोस्रो गोली हानेका हौं,’ मा ले भने ।

‘घटनालाई कुर्ने र सुधार्ने बाटो नदेखेपछि ती अफिसरले गोली हानेको जुन सहि निर्णय थियो’, उनले थपे । ती दुई नेपालीमध्ये एकलाई पाखुरामा र अर्कोलाई नाडीमा गोली लागेको छ । उनीहरु दुबैलाई ज्यान जोखिम हुने प्रकारको कुनै पनि चोट नलागेको पुलिसले दाबी गरेको छ ।

आक्रमणका जो पीडित थिए, उनको भने टाउको पछाडि हेलिकोप्टरका कारण चोट लागेको पुलिसले बतायो । गोली हानेका दुई नेपालीलाई पुलिसले पक्राउ गरेको छ । पुलिसले घटनामा संलग्न अरु तीन/चारजनाको खोजी गरिरहेको जानकारी दिएको छ । घटना आइतबार बिहान ६ बजे हंगकंगको पार्कस् स्ट्रिट र नानकिङ स्ट्रिट जोर्डनमा भएको हो । #वर्ल्ड एण्ड एचके न्यूज

प्रकाशित मिति: Oct 2, 2016

प्रतिक्रिया दिनुहोस्