Logo
१५ चैत्र २०८०, बिहीबार
(October 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानी बाहिर १ सय सरकारी बस सञ्चालन गर्न प्रमको निर्देशन

prachanda

काठमाडौं, १६ असोज । चाडपर्व सुरु भएसँगै सवारी अभावका कारण देशभर समस्या परेको खवर आइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानी बाहिर एकसय सरकारी बस सञ्चालन गर्न निर्देशन दिएका छन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई सो निर्देशन दिएका हुन ।

प्रधानमन्त्रीको संचिवालयका अनुसार दशैं, तिहार, छठ लगायतका पर्वहरुलाई मध्यनजर गरी उपत्यकादेखि देशका प्रमुख शहरहरु र जिल्ला सदरमुकामसम्म सर्वसाधारणको यातायात आवगमनलाई सहज बनाउनका निम्ति लेखकलाई प्रधानमन्त्रीले निर्देशन दिएको बुझिएको छ ।

संचिवालयका अनुसार, प्रधानमन्त्रीले मन्त्री लेखकलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारका विभिन्न निकाय, प्याब्सन, एनप्याब्सन लगायतका संस्थासँग समन्वय गरी बसको प्रबन्ध गर्न निर्देशन दिएका हुन ।

प्रकाशित मिति: Oct 2, 2016

प्रतिक्रिया दिनुहोस्