Logo
११ बैशाख २०८१, मंगलबार
(September 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतारमा ज्यान गुमाउने खत्वेको परिवारलाई हेल्प मधेशको सहयोग

help_madesh_

जलेश्वर । कतारमा कार्यरत मधेशीहरुको समूह हेल्प मधेशीले महोत्तरी जिल्लाको मनरा–२ का हाल इटहर्वाकट्टी–६ भोल्हीमा बसोबास गर्दैआएका बद्री मण्डल खत्वेका परिवारलाई आर्थिक सहयोग गरेको छ । स्थानीय पत्रकार भूमि साप्ताहिकका कार्यकारी सम्पादक एवं सञ्चारक नेपाल डटकमका महोत्तरी समाचारदाता रंजन भण्डारी तथा शान्ति तथा विकासका लागि युवा सञ्जालका सल्लाहकार सत्येन्द्र यादवले हेल्प मधेशीले पठाएको सहयोग राशी रु ३२ हजार १३५ रुपियाँ खत्वे परिवारलाई हस्तान्तरण गरेका छन् ।

गत महिना कतारमा राति सुतेकै अवस्थामा मृत्यु भएका बद्री मण्डल खत्वेको मृत्युभएको थियो । खत्वेका ६ छोरी र १ छोरा रहेका छन् । आर्थिकरुपले निकै कमजोर खत्वे परिवारलाई हातमुख जोर्न समेत समस्या परेकोले कतारबाट हेल्प मधेशीले त्यहाँ वैदेशिक रोजगारमा पुगेकाहरुबाट रकम संकलन गरी सो रकम पठाएका थियो । खत्वेका दुई छोरीको विवाह भइसकेको छ । अर्की एक छोरीको विवाह गर्ने उमेर भइसकेको छ । थप छोरीहरु भने घरकै कामकाजमा संलग्न रहेको र छोरा सुरज अहिले मनरा स्थित सामुदायिक विद्यालयको कक्षा ३ मा अध्ययनरत छन् ।

मृतक खत्वेकी श्रीमती लिला देवीले आर्थिक अवस्था नाजुक भएको बेला हेल्प मधेशीले गरेको सहयोग अविस्मरणीय भएको भन्दै धन्यवाद दिएकी छिन् । यता रकम हस्तान्तर गर्ने बेला उपस्थित स्थानीयबासीहरुले खत्बेका छोरालाई निःशुल्क पढ्ने व्यवस्था तथा छोरीहरुलाई सिलाइकटाई तालिम प्रदान गर्नुसँगै उनको परिवारलाई अन्य सहयोग गर्ने प्रयास गर्ने बताएका छन् ।

प्रकाशित मिति: Sep 30, 2016

प्रतिक्रिया दिनुहोस्