Logo
१७ चैत्र २०८०, शनिबार
(September 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कामदारको पैसा नतिरेपछि सोल्टीका क्यासिनो संचालकविरुद्ध रेड कर्नर नोटिस !

casino-555x335

काठमाडौं । संसदीय समितिले सोल्टी होटल परिसरमा संचालित क्यासिनो नेपालका तत्कालीन संचालक भारतीय नागरिक राकेश वाधवा, शालिनी वाद्वा र शान्ति चड्डालाई इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेर नेपाल झिकाइ क्यासिनोका कर्मचारीहरुले पाउनुपर्ने रकम असुलअउपर गर्न सरकारलाई निर्देशन दिएको छ ।

नेपाल रिक्रियशन सेन्टरले क्यासिनो नेपालका ९ सय ३१ जना कामदारलाई ४५ करोड ४२ लाख रुपैयाँ तलब सुविधा तथा सरकारलाई ६ वर्षको रोयल्टी तिर्न बाँकि छ ।  सामाजिक न्याय तथा मानवअधिकार समितिले नरबहादुर थापा संयोजक रहेको उपसमितिको सुझावका आधारमा वाधवद्वय र चड्डाको कम्पनी नेपाल रिक्रियशन सेन्टरले क्यासिनो नेपाल संचालनका क्रममा कर्मचारीहरुलाई ठूलो रकम नतिरेको भन्दै उनीहरुलाई नेपाल झिकाएर कर्मचारीले पाउनुपर्ने सुविधा र सरकारको राजस्व असुल उपर गर्न निर्देशन दिएको हो ।

समितिले इन्टरपोलमार्फत वाधवा र चड्डालाई नेपाल झिकाएर रकम असुलउपर गर्न नसके कर्मचारीको तलब सोल्टी होटलबाट दिलाउने व्यवस्था गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । सोल्टी होटलले क्यासिनो नेपालको इजाजत लिइ कर्मचारी आफैं नियुक्त गरेर रिक्रियशन सेन्टरलाई क्यासिनो लिजमा दिएको र रिक्रियशन सेन्टर भागेपछि सोल्टी होटलले एकतर्फी रुपमा सम्झौता तोडेकाले कर्मचारीको बाँकि तलबसुविधा होटलले दिनुपर्ने समितिको निर्णय छ ।

क्यासिनो नेपाल अहिले माजोङ इन्टरटेन्मेन्ट प्रालि अन्र्तगत संचालित छ । समितिले कानूनविना क्यासिनो संचालनको अनुमति दिएकाले कर्मचारीले तलब तथा सरकारले रोयल्टी पाउन नसकेको भन्दै क्यासिनो संचालन सम्बन्धी विधेयक संसद्को चालु अधिवेशनमा पेश गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले कानूनमा क्यासिनो संचालकहरु परिवर्तन हुँदा विगतको सबै दायित्व लिने र ५ वर्षको दायित्व बराबरको जायजेथा वा बैंक ग्यारेण्टी धरौटीवापत जम्मा गर्न सक्ने कम्पनीलाई मात्र क्यासिनो संचालनको अनुमति दिन सक्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति: Sep 30, 2016

प्रतिक्रिया दिनुहोस्