Logo
१२ बैशाख २०८१, बुधबार
(September 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदार भन्छन ‘झारा टार्ने संविधान संशोधनको काम छैन’

bijaya

विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान संशोधनका लागि प्रमुख विपक्षी दललगायत अन्य दलसँग पनि छलफल गरेर मात्र अघि बढ्नुपर्ने सुझाव दिए ।

सरकारले झारा टार्ने हिसाबले संविधान संशोधन प्रस्तावअघि बढाउन लागेको उल्लेख गर्दै उनले प्रमुख राजनीतिक दल र मधेसवादी दलसँग सहमति खोजेर संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गरे । पत्रकारको जिज्ञासामा अध्यक्ष गच्छदारले स्थानीय तहमा इलाकालाई आधार बनाउने प्रस्ताव अवैज्ञानिक रहेकाले दलहरुको सहमतिमा मात्र स्थानीय तहको सीमाङ्कन र सङ्ख्या निर्धारण गर्नुपर्नेमा जोड दिए ।

उनले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन पहिलो प्राथमिकता भएकाले पनि छिटो स्थानीय तहको पुनःसंरचनाका लागि आयोग, सरकार र प्रमुख दलहरुबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति: Sep 28, 2016

प्रतिक्रिया दिनुहोस्