Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ अष्ट्रेलियामा खिचिएको साहिलको ‘त्यो मन’ (भिडियो)

samjhanaकाठमाण्डौं । पहिलो एल्बम ‘प्रियसी’पछि गायक साहिल खड्काले आफ्नो दोश्रो एल्बमको नयाँ गीत सार्वजनिक गरेका छन् । ‘प्रियसी २’ एल्बममा समावेश हुने ‘त्यो मनमा’बोलको पप गीतको म्युजिक भिडियो उनले सार्वजनिक गरेका हुन् ।
संगीत सिर्जना समेत गर्दै आएका साहिलले यो गीतको शब्द र संगीत आफै गरेका हुन् । म्युजिक एरेन्ज संगीतकार टंक बुढाथोकीको हो । भिडियोको सम्पुर्ण छायांकन अष्ट्रेलियामा गरिएको छ ।
‘यो गीतमार्फत बच्चादेखि वृद्धसम्म सबै उमेर समुहलाई साँचो प्रेमको एकतर्फी परिभाषा दिन खोजेको छु,’ गायक साहिलले भने, ‘गीतसंगीतमा सधैं केही नयाँ गरौं भन्ने मेरो चाहना हो । आशा छ यो गीतलाई पनि दर्शकले मनपराइदिनुहुनेछ । ’
सन्तोष गुरुङले निर्देशन गरेको गीतको भिडियोमा सम्झना तामाङ र केदार बरुवालले अभिनय गरेका छन् । निर्देशक सन्तोष र अनिल के मानन्धरले खिचेको भिडियोको सम्पादन सिलन लम्सालले गरेका हुन् ।
म्याग्दीका साहिल विगत चारवर्षदेखि नेपाली संगीत क्षेत्रमा संघर्षरत छन् । ‘प्रियसी–२’ एल्बममा जम्मा चारवटा गीत समावेश हुने साहिलले बताए ।

प्रकाशित मिति: Sep 27, 2016

प्रतिक्रिया दिनुहोस्