Logo
७ बैशाख २०८१, शुक्रबार
(September 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीसगै डा. सिके राउतको पनि भव्य स्वागत !

dr-ck-raut

जनकपुरधाम, ९ असोज । गृहमन्त्री धएपछि पहिलोपटक जनकपुर आएका गृहमन्त्री बिमलेन्द्र निधिसगै स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतलाई पनि जनकपुरमा भव्य स्वागत गरिएको छ ।  गृहमन्त्री र राउतै एकै समयमा जनकपुर आएका हुन ।

भारी मात्रामा जनकपुरवासी गृहमन्त्रीलाई स्वागत गर्न पुगेका थिए भने सोही बेला त्रिभुवन विश्व विद्यालय कीर्तिपुर बल्खुमा अध्ययनरत मधेसी विद्यार्थीसग दशैं, दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमा सहभागी भएर जनकपुर आउने क्रममा जनकपुर विमान स्थलमा डा. राउतलाई गठबन्धनका कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।

संचारकर्मीहरुसित जनकपुर विमानस्थलमा कुराकानी गर्दै डा. राउतले युवाहरुको लगनशिलता हेरेर मधेसबाट उपनिवेश अन्त्य हुनेमा आसावादी रहेको जनाए । उनले मधेस स्वतन्त्रतका लागि युवाहरुको लगन अपरिहार्य रहेको भन्दै सरकारको रबैयालाई मध्यनजर गर्दै मधेसको उपनिवेशलाई अन्त्य गर्नका लागि अग्रसर भएको बताए ।

सरकारले मात्र मधेसी जनताहरुलाई यातना दिनका लागि आफनो कमजारीको प्रदर्शन गरेको भन्दै डा। राउतले त्यस्तो यातनाबाट मधेसी जनताहरु विचलित नहुने बताए ।

प्रकाशित मिति: Sep 25, 2016

प्रतिक्रिया दिनुहोस्