Logo
१३ बैशाख २०८१, बिहीबार
(September 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफनै चोरिएको मोटरसाईकल फिर्ता लिन चोरसँग डिल !

Choriko Bike

सुनसरी ।  सुनसरीको बिभिन्न स्थानबाट पछिल्लो समय मोटरसाइकल चोरीका घटनामा उल्लेख रुपमा बढ्न थालेको छ । शहर बजारमा पार्किङ्ग गरि राखेको मोटर साईकल धेरै मात्रामा चोरी हुँदै आएको भएपनि केही समय देखी गाँउमा घर भित्र राखेको मोटरसाइकल समेत चोरले चोरी गरि लैजान थालेका छन ।

शुक्रवार राती सुनसरीको बविया २ मा सिताराम मेहताले घरको बरण्डामा राखेको कालो रङ्गको को१४प ६९५५ नम्बरको होण्डा सिवी युनिकन मोटरसाईकल चोरी भएको हो । चोरहरुले पछिल्लो समय सतेरझोरा, बविया, नरसिंह, डुम्राहा र प्रकाशपुरबाट मोटरसाइकल चोरी गरि लैजाने क्रम बढेपछि राती गाँउमा सुत्ने कोठा भित्र मोटरसाइकल राख्नु पर्ने अवस्था आएको नरसिहका जिब्राइल अन्सारी बताउँछन ।

एक महिनाको अवधीमा सुनसरीबाट ५० भन्दा बढीको संख्यामा मोटरसाइकल चोरीको घटना भएपनि पीडितहरुले सुनसरी प्रहरीलाई जानकारी दिनुको सट्टा चोरहरुको गिरोहलाई सम्पर्क राखी फिरौती दिएर मोटरसाइकल भारतीय सिमा पारीको गाँउबाट ल्याउने क्रम बढेको बवियाका सुन्दर मेहता बताउँछन ।

सुनसरीको भारतीय सीमा बजार घुरना र बसमतीयामा नेपालबाट चोरी भएका मोटरसाइकलहरु भण्डारण गरि राख्ने र चोरहरुको गिरोहले फोन सम्पर्क गरि फिरौती लिएर सवारी साधन दिने गरेको जानकारहरु बताउँछन । प्रहरीलाई सुचना वा जानकारी दिएमा मोटरसाइकल फिर्ता नदिने भन्दै चोरको गिरोहले धम्की दिने गरेको कारण सर्वसाधरणहरु फिरौती दिदै मोटरसाइकल फिर्ता ल्याउदै गर्ने गरेको भोक्राहाका दिलीप साह बताउँछन ।

प्रकाशित मिति: Sep 25, 2016

प्रतिक्रिया दिनुहोस्