Logo
१३ बैशाख २०८१, बिहीबार
(September 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी असुल्दैछन क्रान्तिकारी माओबादीले चन्दा !

krantikari-maou

काठमाण्डौ । नेकपा (क्रान्तिकारी माओवादी) ले चन्दा उठाउने क्रममा आफ्ना नेता कार्यकर्ता गिरफ्तारीको विरुद्ध अशोज ९ गते उपत्यका बन्द कार्यक्रम घोषणा गरेको थियो तर आजै सरकारले गिरफ्तार गरिएका चारै जनालाई रिहाई गरेको हुदा उपत्यका वन्दा कार्यक्रम हाललाई स्थगित गरेको छ । पक्राउ परेका आफ्ना नेता, कार्यकर्ता रिहा भएको भन्दै बन्द फिर्ता लिइएको क्रान्तिकारी माओवादीले जनाएको छ । चन्दा असुलीको आरोपमा पक्राउ परेकालाई छुटाउन माग गर्दै शुक्रबार माओवादीको नेवा: राज्य समितिले चक्काजामको गरेको थियो ।

त्यस क्रममा नेवा: समिति संयोजक दिनेश शर्मा, नेता पवनमान श्रेष्ठ, हरिकृष्ण गजुरेल, शिवराम यादव, राम नेपाली लगायतलाई सुन्धराबाट प्रहरीले पक्रेको थियो । कोण सभालाई सम्बोधन गर्दै सिपी गजुरेलले मोहन बैद्यको हस्ताक्षर भएको चन्दा रसिद छ । हामी चन्दा उठाउँछौं सक्छौ भने मोहन बैद्येलाई गिरफ्तार गरेर देखाउ भनेर खुल्ला रुपमा चुनौति दिएका छन । उनले जनतासंग रु एक हजार सहयोग लिएरै छाड्ने पनि बताएका छन् ।

प्रकाशित मिति: Sep 25, 2016

प्रतिक्रिया दिनुहोस्