Logo
६ बैशाख २०८१, बिहीबार
(September 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लौ पढनुहोस: भारत र पाकिस्तान कसको शैन्य शक्ति कति ?

war-game-review

एजेन्सी । उरीमा भारतीय सेनामाथि भएको हमलासँगै भारत र पाकिस्तानवीचका तनाव बढेको छ । दुवै देशले सम्भावित युद्धलाई लिएर आ–आफ्नो तयारी शुरु गरेका छन् । ७७८ किलोमिठर लामो नियन्त्रण रेखामा दुवै पक्षले सैनिक सख्या बढाएका छन् । दुवै देशले हतियार भण्डार पनि बढाएका छन् । मानौं, यो तयारी हेर्दा युद्ध चाडै शुरु हुँदैछ भन्ने देखाउँछ । भारतीय मिडिया रिपोर्टलाई आधार मान्ने हो भने आजका दिनमा पाकिस्तानसँग भन्दा भारतको सैन्य शक्ति धेरै छ ।

भारतसँग १३ लाख २५ हजार जवान छन् । रिर्जव र अर्धसैनिक बल गरेर भारतमा ४७ लाख ६८ हजार ४०७ सैन्य जनशक्ति छ । पाकिस्तानसँग जवानको सख्याँ ६ लाख १७ हजार छ । रिर्जव र अर्धसैनिक बल गरेर पाकिस्तानमा १४ लाख ३४ हजार सैन्य जनशक्ति छ ।

भारतसँग टी–७२ युद्धक टैंक २४१४ वटा छन् । टी–९० टैंक ८०७ छन् । अर्जुन एमके–२ टैंक २४८ वटा छन् । ट–५५ टैंक ५५० छन् ।पाकिस्तानसँग ५०० मुख्य युद्धक टैंक अल खालिद छन् । ३२० वटा टी–८० टैंक छन् । १३०० वटा अल जरार ८२–२ टैंक छन् । जमिन र पानी दुवैमा चल्ने ५० टैंक छन् ।

भारतीय वायुसेना संसारको चौथो ठूलो मानिन्छ । वायुसेनामा सैन्य अधिकारी र कर्मचारी १ लख २७ हजार छन् । सेवामा सक्रिय विमान १७ सय ८५ छन् । एयरवेस ६० वटा छन् । पाकिस्तानसँग सैन्य अधिकारी र कर्मचारी ६५ हजार छन् । सेवामा सक्रिया एयरक्राफ्ट ८४७ छन र एयरवेस ९ वटा छन् ।

भारतीय सेनाका एयरक्राफ्टमा सवैभन्दा खतरनाक ४ दशमलव ६ जेनेरेशन विमान सुखोई हो । भारतले यी विमान रुसबाट खरिद गरेको हो । भारतसँग २०० सुखई विमान छन् । यसबाहेक ३६ मिराज, ९० जगुआर, ४८ मिग–२९, ६५ वटा मिग–२७ र बाइसन फाइटर विमान छन् ।

पाकिस्तानसँग १२० चेंदगु एफ–७ पी एयरक्राफ्ट छन् । ६० एफ–७ पीजी लडाकु विमान छन् । १५० वटा मिराज फाइटर्स छन् । ३० वटा जेएफ–१७ थंडर लडाकु विमान छन् । ५४ वटा एफ १६ अमेरिकी लडाकु विमान फाल्कन छन् । भारतसँग जलसेनाका १५ पानी जहाज छन् । परमाणु हतियारसहितका पानीजहाज पनि छन् । पाकिस्तानसँग ६ वटा पानी जहाज छन् ।

प्रकाशित मिति: Sep 24, 2016

प्रतिक्रिया दिनुहोस्