Logo
१३ बैशाख २०८१, बिहीबार
(September 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेसवल प्रतियोगिता अव नेपालमा पनि औपचारिक रुपमा शुरु

sequence-01-still001काठमाण्डौ । सन् २०२० को ओलम्पिकमा समावेश हुने निर्णय भएको बेसवल खेल अव नेपालमा पनि औपचारिक रुपमै शुरु हुन लागेको छ । द गोर्खा क्र्यु क्लवको आयोजनामा अशोज ११ गते द गोर्खा क्र्यु बेसवल प्रतियोगिता २०१६ हुने भएकोले बेसवलले नेपालमा पनि मुर्त रुप लिने विश्वास गरिएको हो ।
१५ वर्ष उमेर समुहका विच खेलाईने प्रतियोगितामा ८ टिमको सहभागिता हुनेछ । नकआउट चरणमा खेलाईने खेल जुनियर लिगको नियमानुसार ५ इनिंगमा खेलाईने छ । नेपाल बेसवल तथा सफ्टवल संघ, गोलपोष्ट, सिंगापुर इन्टरप्राईजेज  को सहयोगमा हुने उक्त प्रतियोगिताका खेलहरु अमेरीकी राजदुतावासको खेल मैदान फोहरा दरवार, पाटन संयुक्त क्याम्पस, नेपाली सेना लगनखेल र पुल्चोक क्रिकेट मैदानमा हुने क्लवका अध्यक्ष दिनेश बजगाँईले जानकारी दिनुभयो ।
यस प्रतियोगिताले नेपालमा वेसवल को दक्षता प्रदर्शन भई खेलको विकास एवम् विस्तार हुन सहयोग पुग्ने पनि बजगाँईले वताउनुभयो । यस प्रतियोगितालाई सहयोग गर्न संयुक्त राज्य अमेरीकाबाट प्रतिनिधि मण्डल समेत आउने भएका छन् ।

प्रकाशित मिति: Sep 24, 2016

प्रतिक्रिया दिनुहोस्