Logo
११ बैशाख २०८१, मंगलबार
(September 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्टलिस्ट: यी हुन काङ्ग्रेसबाट राज्यमन्त्री बन्नेहरु !

sher-bahadur
काठमाडौं , असोज ७ । करिब दुई दर्जन आकाङ्क्षीलाई मनाउँदै नेपाली काङ्ग्रेसले गठबन्धन सरकारमा पार्टीका तर्फबाट पठाउने राज्यमन्त्रीको सर्टलिस्ट तयार गरेको छ । प्रधानमन्त्री दाहालले राज्यमन्त्रीमा आफ्नो पार्टीबाट ८ जना मन्त्री भएकोमा ४ जना मात्रै बनाएकाले काङ्ग्रेसका १५ जना मन्त्री बनेकाले ७ जनाको नाम सिफारिस गर्न सभापति देउवालाई आग्रह गरेका थिए । तर देउवाले आकाङ्क्षी धेरै भएकाले त्यतिमा मात्रै पार्टीमा मिलाउन नसकिने भन्दै १० जना भन्दा बढी नपठाउने बताएको बूढानीलकण्ठ स्रोतले बतायो ।

सभापति शेरबहादुर देउवा निकट नेताहरुका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसँग निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा सानो आकारको मन्त्रीमण्डल बनाउने सहमति काङ्ग्रेस नेतृत्वले गरेकाले राज्यमन्त्री थोरै सिफारिस हुनेछन् । सकभर सात जनामा नै सीमित गर्ने तयारी देउवाको छ । देउवा निकट नेता ज्ञानेन्द्रबहादुर कार्कीले अर्को हप्ताको सुरुवातमा नै पार्टीले राज्यमन्त्रीको नाम सिफारिस गर्ने जानकारी दिए । तर, ककसलाई पठाउने भन्नेबारेमा आन्तरिक छलफल भइरहे पनि नाम टुङ्गो नलागेको उनको भनाइ छ ।

को–को परे सर्ट लिस्टमा: 

सभापति देउवाले पहिलो चरणमा ७ जना राज्यमन्त्री पठाउने गरी पार्टीभित्र आन्तरिक भागवण्डा गरेका थिए । नेता रामचन्द्र पौडेल पक्षलाई दुई, नेता कृष्ण सिटौला पक्षलाई एक र खुमबहादुर खड्कालाई समेत मिलाएर आफूले ४ जना सिफारिस गर्ने उनको तयारी थियो । तर नेताहरुबाट आएका सुझावलाई मनन गर्दा ७ जनामा नै सीमित गर्न नसकिने निष्कर्षमा उनको सचिवालय पुगेको निकटस्थ नेताहरु बताउँछन् ।

स्रोतका अनुसार देउवा पक्षबाट अब्दुल रज्जाक, ध्यानगोविन्द रञ्जित, दीर्घराज भाट र दिलिप गच्छदार राज्यमन्त्री बन्ने पक्का जस्तै छ । पार्टीको रुपन्देही जिल्ला सभापति रज्जाक नेता बालकृण्ण खाण निकट मानिन्छन् । खुमबहादुर खड्काको चित्त बुझाउन सूवर्ण ज्वारचनलाई पनि सिफारिस गर्ने सम्भावना बलियो रहेको निकटस्थ स्रोतहरु बताउँछन् ।  देउवाले आफ्नो तर्फबाट अब्दुल रज्जाक, दीर्घराज भाट, दिलिप गच्छदार, सुवर्ण ज्वारचन, ध्यानगोविन्द रञ्जित, सीता गुरुङ र सुजाता परियारको नाम सर्टलिस्टिङ गरेका छन् ।

त्यस्तै सिटौलाले आफ्नो तर्फबाट भीमसेनदास प्रधानलाई राज्यमन्त्री बन्न प्रस्ताव गरेकोमा अस्वीकार गरेपछि तारामान गुरुङ र सुधिर सिवाकोटीमध्ये एकजनालाई पठाउने गरी आन्तरिक छलफल गरिरहेको उनी निकट स्रोतले बतायो । यता पौडेल पक्षले भने सुरेन्द्र आचार्य, सञ्जय गौतम, महिलामा सरिता प्रसाईं र किरण यादवको नाम सर्टलिस्टिङ गरेको बोहोराटार स्रोतले बतायो । स्रोतका अनुसार देउवा पक्षबाट अब्दुल रज्जाक, ध्यानगोविन्द रञ्जित, दीर्घराज भाट र दिलिप गच्छदार राज्यमन्त्री बन्ने पक्का जस्तै छ । पार्टीको रुपन्देही जिल्ला सभापति रज्जाक नेता बालकृण्ण खाण निकट मानिन्छन् ।

खुमबहादुर खड्काको चित्त बुझाउन सूवर्ण ज्वारचनलाई पनि सिफारिस गर्ने सम्भावना बलियो रहेको निकटस्थ सूत्रहरु बताउँछन् । यता सिटौलाले गृहजिल्ला झापाबाट देउवाले केशवकुमार बुढाथोकीलाई मन्त्री बनाएकाले आफ्नो क्रेज जिल्लामा कायमै राख्न सिवाकोटीलाई राज्यमन्त्री बनाउन चाहेको बताइन्छ । सिवाकोटी झापा क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पौडेलले भने पार्टीको कपिलवस्तु सभापति समेत रहेका आचार्य र बर्दिया सभापतिसमेत रहेका गौतमलाई पठाउन चाहेका छन् ।

त्यस्तै महिलामा नेता चक्र बास्तोलाकी भान्जीसमेत रहेकी झापाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य प्रसाईंलाई मन्त्री बनाउने तयारी गरेका छन् । आफ्नो पक्षबाट विद्रोह गरी आफूलाई हराएका सिटौलालाई अफ्ठेरोमा पार्न पनि पौडेलले प्रसाईं रोज्न सक्ने स्रोतको भनाइ छ ।

महाधिवेशन सम्पन्न भएको दुई महिनामा पूर्णता दिइसक्नु पर्ने केन्द्रीय पदाधिकारी, केन्द्रीय समिति र केन्द्रका विभागले अहिलेसम्म पूर्णता पाएका छैनन् । जब कि काङ्ग्रेसको १३औं महाधिवेशन सम्पन्न भएको ८ महिना लाग्यो । उपसभापतिका दावेदार खुमबहादुर खड्काले आफ्नो तर्फबाट कुनै पनि नेताको नाम राज्यमन्त्रीमा सिफारिस नहुने तर महाधिवेशनका बेला आफूसँग गरेको प्रतिबद्धता यथाशीघ्र पूरा गर्न दबाब दिइरहेको देउवा निकट एक नेताले बताए ।

१३औं महाधिवेशन अघि देउवाले खड्काले आफू सभापतिमा निर्वाचीत भएमा उपसभापति बनाउने वचन दिएका थिए । तर अहिले उपसभापतिमा विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि दाबी गरेपछि देउवालाई मिलाउन हम्मेहम्मे परेको छ । सभापति देउवाले भर्खरै सम्पन्न महिला सङ्घको निर्वाचनमा संयुक्त प्यानल निर्माण गर्ने नाममा सिटौला पक्षलाई उसको हैसियतभन्दा बढी भाग दिइएको भन्दै आफ्नो गुटका नेताहरुले आलोचना गरेका छन् ।

अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित ५३ सदस्य निर्वाचित हुने महिला सङ्घको केन्द्रीय समितिमा सिटौला पक्षलाई महासचिवसहित २२ सदस्य भाग लगाउन देउवाले सहमति जनाएका थिए । महिला सङ्घको निर्वाचनमा देउवा पक्षबाट अध्यक्ष र कोषाध्यक्ष सहित ३०, सिटौला पक्षले महासचिवसहित २२ र रामचन्द्र पौडेल पक्षले एक जना सदस्य मात्रै जितेका छन् । यसअघि नेपाल विद्यार्थी सङ्घको अधिवेशनमा पनि सिटौला पक्षलाई हैसियतभन्दा बढी भाग दिएको भन्दै देउवाको आफ्नै पक्षबाट आलोचना भएको थियो ।

सभापति देउवा पनि १२औं महाधिवेशनबाट सभापतिमा निर्वाचित सुशील कोइरालाजस्तै असफल सभापति हुने भन्दै उनी निकट नेताहरुले आफ्नो कार्यशैली सुधार्न सुझाव दिन सुरु गरेका छन् । उनीहरुले अर्कालाई संस्थागत रुपमा पार्टी नचलाएको भन्दै आरोप लगाउने नेताले आफू सभापति भएपछि उसकै हालतमा पार्टीलाई पुर्याउनु नैतिकताको पराकाष्ठा भएको बताउन सुरु गरेका छन् । यस्तो आरोप लगाउनेमा खुमबहादुर खड्का, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र बालकृष्ण खाणलगायत नेताहरु रहेको स्रोतहरु बताउँछन् भन्दै रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Sep 23, 2016

प्रतिक्रिया दिनुहोस्