Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तुईन चलचित्र कमाउने ध्येयले बनाएको हैन, नेपालमा आश्रय बनाउछु : श्रीजना उप्रेती

img_3816विजय थापा ,वाशिंगटन डिसी । नेपालका केहि जिल्लामा अझ पनि तुईन नदि तर्ने मुख्य साधन मानिन्छ । अधिकांश बटुवा तथा बालबालिकाहरु यस्को कारण ज्यादै जोखिम पूर्ण यात्रा गरि रहेका छन् । र कैयौ दुर्घटनाको शिकार भै ज्यान समेत गुमाएका छन् ।

प्रतक्ष्य रुपमा आफैले तुईनको अवस्था देखे पछि यसबारे केहि गर्नु पर्छ भन्ने अठोट लिदै तुईन चलचित्र बनाएको तुईन चलचित्र कि निर्मात्री श्रीजना उप्रेती बताइन । यस बाट बिश्व भर रहेका गैर आवासीय नेपालि समुदाय तथा बिश्वलाई एक सशक्त संदेश दिन सकोस भन्ने हेतुले यो चलचित्र बनाउन जागर लागेको उनले बताइन ।

चलचित्र बनाउनु मेरो पेशा हैन । प्रथम पटक मैले लगानी गरेको छु भनिन । पेशा नभएकोले यो मेरो मनोभाव (प्यासन) हो । तुईन चलचित्र कमाउने ध्येयले बनाएको हैन ,म यस्को आर्जनले नेपालमा आश्रय बनाउछु उप्रेतीले भनिन । समाजलाई केहि गरौ भन्ने आफुमा रहेकोले आफु समाज सेवामा लागेको स्पष्ट पारिन ।

समाज सेवामा रमाउने उप्रेती हाल अमेरिकाको डिसी महानगर क्षेत्रमा रहदै आएकी छिन् । नेपालमा अध्यापन पेशामा रहेकी उप्रेती एक सामाजिक कार्यकर्ता तथा विभिन्न संघ संस्थामा सक्रिय भूमिका निर्वाह गरि सकेकी छिन् । यस चलचित्रका निर्देशक उत्सव थपलिया ,अन्जना बस्नेत तथा सम्पूर्ण तुईन टोलीलाई धन्यवाद दिन चाहन्छु भनिन ।

प्रकाशित मिति: Sep 21, 2016

प्रतिक्रिया दिनुहोस्