Logo
१५ चैत्र २०८०, बिहीबार
(September 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक उन्नतीतिर लागौं वैदेशिक रोजगारको पीडा अन्त्य हुनेछः शर्मा

fb_img_1474383191199महेश श्रेष्ठ । साउदी अरब/मुलुकले संविधान मार्फत राजनैतिक दिशा प्राप्त गरिसकेकाले अब आर्थिक उन्नतीको दिशा तर्फ सबैलाई समेटेर मुलुकको हीतमा लाग्न कार्यबाहक राजदुत आनन्द शर्माले आग्रह गरे छन् ।

नेपालको संविधान २०७२ जारी भएको वार्षिकोत्सवका उपलक्ष्यमा नेपाल सरकारको निर्देशानुसार आयोजित राष्ट्रिय दिवशको अवसरमा सम्बोधन गर्ने क्रममा उनले सबै नेपालका राजनैतिकदलहरुलाई आग्रह गरेका हुन ।

रियाद स्थित राजदुतको निवास स्थलमा आयोजित सो कार्यक्रममा उनले नेपालको संविधान अनुसार नेपाली दुतावास नेपाली जनताको सेवा गर्न समर्पित रहेको र नेपालको कुटनैतिक मर्यादालाई उच्चो तुल्याउने कार्य गरिरहेको पनि बताए । राजदुत शर्माले मुलुकले आर्थिक उन्नती गर्न सकेको नेपालीहरुले वैदेशिक रोजगारीका नाममा भोग्नु परिरहेको पीडाको पनि अन्त्य हुने विश्वास व्यक्त गरेर ।

नेपाली राष्ट्रिय झण्डा राखेर कार्यक्रमको शुरुवातमा शहिदहरुप्रति एक मिनेट मौनधारण, राष्ट्रिय गानका साथै दीप प्रज्जवलन गरेर गरिएको सो कार्यक्रमको संचालन दुतावासका द्वितीय सचिव कुलबहादुर थापा मगर र स्वागत मन्तव्य श्रम सहचारी अम्बिकाप्रशाद अधिकारीले गरेका थिए ।

अनौपचारिक कार्यक्रमका रुपमा मनाईएको सो कार्यक्रममा नेपाली साझा मंच, एनआरएनए, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, आदिवासी जनजाति महासंघ, नेपाली जनप्रगतिशील मंच, नेपाली जन सम्पर्क समिति, हेल्प नेपाल, प्रवासी नेपाली मंच, ब्रदर्श हेल्प नेपाल लगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा कुलबहादुर थापा, अरुण बेलबाँसे, लामिछाने, बाबुलाल बुढा मगर लगायतले देशभक्तिपूर्ण कविता गजल सुनाएका थिए ।

कार्यक्रममा ‘नेपालको संविधान २०७२’ नेपाली जनताको बलिदान र त्यागबाट प्राप्त उपलब्धी भएकाले यसको रक्षा गर्दै कार्यान्वयन गर्न, संविधानप्रति असन्तुष्टि व्यक्त गर्नेहरुलाई समेट्न र संविधानलाई ढुंगाको अक्षरका रुपमा नबुझ्न पनि त्यहाँ सहभागि प्रवासी नेपालीहरुले आग्रह गरेका थिए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा सहभागीहरुले नेपालको संविधान काँग्रेस, कम्युनिष्टहरुको राजनैतिक आन्दोलनको योगदानबाट लोकतान्त्रिक भएको । नेकपा माओवादीको दस वर्षे जनयुद्धका कारण गणतान्त्रिक, आदिवासी जनजातिहरुको निरन्तरको संघर्षबाट समावेशी र पहिचानको मुद्दा समेटिएको त्यसैगरी मधेश आन्दोलनले संघीयता लेखिएको चर्चा गर्दै असन्तुष्ट पक्षहरुलाई समेटेर मुलुकलाई समृद्धि तर्फ लैजानु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: Sep 21, 2016

प्रतिक्रिया दिनुहोस्