Logo
७ बैशाख २०८१, शुक्रबार
(September 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एटलान्टा मध्य शरद ॠतु उत्सब सम्पन्न

raja-1विजय थापा,वाशिंगटन डिसी | गत सेप्टेम्बर १७ तारिख अमेरिकाको एटलान्टामा अन्तर्राष्ट्रिय समुदायको पहलमा भब्य शरद ॠतु उत्सब मनाइयो | उक्त कार्यक्रममा बिभिन्न देशका आ-आफ्नो खानाको कटेरो,अस्थायी छाप्रो ,देश झल्किने पोशाक ,सामग्रीहरुको सजावट तथा प्रदर्शनी गरिएको थियो l सांस्कृतिक कार्यक्रमको प्रस्तुतिले उत्सबमा आएका सबै आगुन्तुकले भरिपूर्ण मनोरंजन र आनन्द लिएका  थिए |

अमेरिकन राष्ट्रिय गीत बाट सुरु भएको कार्यक्रममा सिंह नाच ,बच्चाहरुको लागि ल्यानटर्न प्रतियोगिता,मार्सलआर्ट प्रदशनी ,गीत ,संगीत ,नृत्य लगायत बिबिध बिषय बस्तुहरुले उत्सव अझ रोचक बनाएको थियो |

नेपालको प्रदर्शनी कक्षको सजावट गर्न अमेरिकाको लागि विश्व हिन्दु महासंघको अधक्ष्य किरण श्रेष्ठ तथा परिवार बिहानै देखि खटिएका थिए l

कार्यक्रमको पहिलो चरणमा आ-आफ्नो देशको प्रतिनिधिहरुले मन्तब्य राख्ने क्रममा पर्यटन दुतराजा घलेले सबैको जीवन कालमा एकपल्ट नेपाल जानै पर्ने देश ” भनेर नेपालको परिचय तथा सौन्दर्यको बारेमा बोलेका थिए l

साँस्कृतिक कार्यक्रममा नेपाली राष्ट्रिय गीत  ” आँखैमा राख्छु मेरो देश ” को बोलमा बीनु गुरुङ ( कुँवर ) ,अन्जु गुरुङ र मन्जु गुरुंगले उत्कृस्ट नृत्य प्रस्तुत गरेर सम्पूर्ण दर्शक महानुभाबहरुलाई भरपुर मनोरंजन दिलाएका थिए l

उनीहरु नेपालको गुनिउ तथा चोलोको पहिरनमा प्रस्तुत हुदा सबै समुदायले मनपराउनुको साथै निकै प्रसंसा गरेका थिए | कार्यक्रम ५ बजे बाट सुरु भै रातको ११.३० बजे सम्म चलेको थियो | उक्त उत्सवमा करिब तिन हजारले अबलोकन गरेका थिए |

प्रकाशित मिति: Sep 21, 2016

प्रतिक्रिया दिनुहोस्