Logo
६ बैशाख २०८१, बिहीबार
(September 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँके राजधानी संयोजकत्वमा खत्रीको संघर्ष समिति गठन

दिनेश ठाकुर, नेपालगन्ज । प्रदेश नम्बर ५ को सम्भावित राजधानी बाँकेलाई पन्छाएर प्रदेश उच्च अदालत  दाङको तुल्सीपुरमा राखिएको भन्दै बाँकेबाट औपचारिक बिरोध भएको छ ।

सरकारको उक्त निर्णयको बाँकेमा क्रियाशिल राजनीतिक दल र नागरिक समाजले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।  ऐतिहासिक निरन्तरता र पुर्वाधार विकासका हिसावले  प्रदेश राजधानीका लागि सबैभन्दा उपयुक्त ठाउँ बाँकेलाई नजर अन्दाज गर्नु  अत्यन्तै दुर्भाग्यपूर्ण र सरकारको नालायीपन भएको ठहर गरिएको छ ।

बाँकेलाई प्रादेशिक राजधानी नबनाउने षडयन्त्र गरिए  जुनसुकै चुनौतीका सामना गर्न तयार रहेको भन्दै नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीको संयोजकत्वमा बाँके राजधानी संघर्ष समिति गठन गरिएको छ ।

उच्च अदालत अन्यत्रै राख्ने  कार्यको घोर भ्रत्सर्ना र निन्दा गर्दछौं, संयोजक खत्रीले भने,– उच्च अदालत बाँकेमा स्थानान्तरण नगरिए जुनसुकै रुपको आन्दोलन गर्न तयार छौं ।

प्रकाशित मिति: Sep 17, 2016

प्रतिक्रिया दिनुहोस्