Logo
६ बैशाख २०८१, बिहीबार
(September 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण गरेन भारतले नयाँ संविधानको स्वागत ! पढ्नुहोस् In Depth Report

dahal_modi-1000x0

वीरेन्द्र कुमार, नयाँ दिल्ली । शुक्रवार नेपल र भारतवी तिन नयाँ समझैता भएपनि भारतले नयाँ सविधानलाई स्वगत गरेनन । शुक्रवार संयूक्त बैठकपछि लाई निकै न्यानो स्वागत गरेको भारतले नेपालको संविधानलाई स्वागत गर्न भने अस्वीकार गरेको छ । दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले संविधानको स्वागतबारे केही बोलेनन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार दिल्ली स्थित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मृलनमा उक्त समझैताको घोषणा गरिएको हो ।  त्यसो त भारतीय प्रधानमन्त्रीसंगको बार्ताका क्रममा अपेक्षा गरिए अनुसार सम्झौता र सहमति हुन सकेन ।  हुलाकी राजमार्गको निर्माण व्यवस्थापनका लागि परामर्शदाताको नियुक्ति र अन्य दुई सहुलियत ऋण सम्झौता बाहेक अन्य परियोजनाहरुका बारेमा ठोस उपलब्धी प्राप्त भएन ।

तिन नयाँ समझैता

samjhauta

नेपालले पुरा हुन नसकेको परियोजनाहरुका सम्बन्धमा ठोस सहमतिको अपेक्षा गरिएको थियो । ऋण सम्झौतामा भुकम्प पछिको पुननिर्माणका लागि ७५० मिलियन डलर रहेको छ ।  प्रधानमन्त्री दाहालले पनि आफ्नो मन्तव्यको अन्त्यमा छोटकरीमा नेपाली राजनीतिका बारेमा बोलेका थिए । उनले संविधानको निर्माण उपलब्धी भएको उल्लेख गर्दै आफ्नो सरकारले सबैलाई समेटेर संविधानको कार्यान्वयन गर्न चाहेको उल्लेख गरेका थिए ।

राजनीतिक सन्देशका हिसावले भने भ्रमण उपलब्धी मुलुक नै रहेको छ । भारतीय प्रधानमन्त्री मोदीले पत्रकार सम्मेलनका क्रममा शान्ति, स्थिरिता र आर्थिक विकास दुवै देशको साझा उद्देश्य रहेको उल्लेख गरेका थिए । ‘सबै खालका विविधतालाई सम्बोधन हुने गरी समावेशी खालको संविधानको कार्यान्वयन हुने अपेक्षा लिएको छु’ पत्रकार सम्मेलनमा मोदीले भने ।  दुई नेताबीचको बार्तामा १९५० को सन्धिलगायतका विवादस्पद विषयहरुमा भने कुनै किसिमको सहमति भएको छैन ।

नेपालभित्रै विवादित बनेको फाष्टट्र्याकलाई वार्ताको सूचिमै राखेको थिए । प्रधानमन्त्री दाहालको गाउँ कास्कीको ढीकुरपोखरीमा पोलिटेक्निकल इन्स्टिच्यूट बनाउने, बिशखपाटनलगायतका ट्रान्जिट रुट खोल्ने सम्बन्धमा यसअघिको सरकारले गरेको सहमतिलाई कार्यान्वयन गर्न गहृकार्य अघि बढाउने, पञ्चेश्वरको डीपीआरलाई अन्तिम् रुप दिनेलगायतका सहमतिहरु भएको छ ।  नेपालले विराटनगर, नेपालगञ्ज र महेन्दनगरबाट एयर रुट माग गरेको थियो । हाल भैरहावाबाट मात्र एयर रुट रहेको छ । यस सम्बन्धमा पनि थप छलफल गर्दै जाने सहमति भएको छ ।

नेपालले भूकम्प पीडितहरुलाई थप दिने भनिएको एक लाख रुपैया दरको रकम अनुदानमा माग गरेपनि यस सम्बन्धमा खासै कुरा अघि बढेन । नेपालले भने यसै भ्रमणका बेला पञ्चेश्वरको डीपीआर अन्तिम् रुप दिने तयारी गरेको थियो । त्यही अनुरुप पञ्चेश्वर प्राधिकरणले तयारी बैठकहरु गरेपनि धेरै विषयहरु टुङ्गो लाग्न बा“की रहेकोले अन्तिम् रुप दिन नसकिएको बताइएको छ ।

गरेन भारतले नयाँ संविधानको स्वागत
बैठकपछि लाई निकै न्यानो स्वागत गरेको भारतले नेपालको संविधानलाई स्वागत गर्न भने अस्वीकार गरेको छ । दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले संविधानको स्वागतबारे केही बोलेनन् । तपाइँको बुद्धिमानीपूर्ण (वाइज) नेतृत्वमा नेपालले संविधान कार्यान्वयन गर्न समाजका सबै तप्कासँग छलफल गर्न सफल हुनेछ । म प्रत्येक सफलताका लागि शुभकामना प्रदान गर्दछु ।’ नेपाल र भारतबीच शदियौंदेखि मौलिक मित्रता भएको उल्लेख गर्दै उनले नेपालमा शान्ति, स्थिरता र आर्थिक सम्वृद्धि हेर्न चाहेको बताए । नेपालको संविधान जारी हुँदा सबैभन्दा बढी असन्तुष्ट बनेको दक्षिणी छिमेकीले अझैसम्म संविधानको स्वागत गरेको छैन ।

यसरी गरियो अस्वीकार
यसअघि प्रधानमन्त्री दाहालले शुक्रवार बिहान भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई नेपालको संविधान स्वागत गर्न गरेको आग्रह पनि अस्वीकार गरेकी थिइन् । श्रोतले भने मोदीसँग भेट्नुअघि प्रधानमन्त्री दाहालले गरेको यो आग्रहलाई उनले हाँसेर टारेकी थिइन् । श्रोतका अनुसार बरु उनले मधेसी मोर्चाको माग पूरा गरेर अघि जान आग्रह गरेकी थिइन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भारतले नेपालको संविधानलाई स्वागत गरेको वाक्यांश संयुक्त विज्ञप्तिमा राख्न अस्वीकार गरेको थियो । नेपालको संविधानलाई स्वीकार्न नमानेको नेपाल भारत संयुक्त विज्ञप्तिमा ओलीले हस्ताक्षर गर्न मानेका थिएनन् ।

छिमेकीसँगको सम्बन्धलाई नेपालको प्राथमिता
पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले छिमेकीसँगको सम्बन्धलाई नेपालले प्राथमिता दिएको बताए । नेपाल भारतबीच अर्थपूर्ण साझेदारी सुरु भएको भन्दै प्रचण्डले भारतको विकासबाट नेपालले फाइदा लिन चाहेको उल्लेख गरे । प्रचण्डले भने ‘नेपालले संविधान जारी गरेको छ, सवै पक्षलाई साथमा लिएर हामी अगाडि बढ्दै छौँ । छिमेकीसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिएको छ । सोही अनुसार मैले विषेश दूत पठाएको हुँ । शान्तिपूर्ण, स्थिर र समृद्ध नेपाल छिमेकीको हितमा हुने छ ।’

पत्रकार सम्मेलनमा मोदीले नेपालको संविधान संशोधनमार्फत सवै पक्षलाई समेटेर समावेशी राजनीतिक प्रक्रिया अगाडि बढोस भन्ने भारतको चाहना रहेको बताए । मोदीले नेपालको संविधान जारी भएपछि देखिएको तिक्तता अन्त्य भएको बताएका छन् । संविधान निर्माण महत्वपूर्ण उपलब्ध भए पनि सर्व स्वीकार्य भए मात्रै सफलता मान्न सकिने उनको तर्क छ ।
मोदीले नेपालमा शान्ति, स्थिरता र समृद्धि भारतको चाहना भएको मोदीले बताए । उनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार सवै पक्षलाई समेटेर संविधान कार्यान्वयन गर्न सफल हुने विश्वास समेत व्यक्त गरे । ‘तपाईको नेतृत्वमा नेपालको संविधान कार्यान्वयन हुनेछ । सवै पक्ष त्यसमा समावेश हुनेछन’ मोदीले भने । नेपाल भारतबीच अर्थपूर्ण साझेदारी सुरु भएको उनले बताए । उनले भने ‘भारतको छिमेक पहिलो नीतिलाई हामी समर्थन गर्छौ ।
दुवै देशका गम्भीर सम्बेदनशीलतालाई स्वीकार्दैै सम्मान गर्छौ । २१ औँ शताब्दीमा खुल्ला र हार्दिकतापूर्वक वार्ता हुनुपर्छ । मोदीको बलियो र जवरजस्त नेतृत्वबाट हामी फाइदा लिन चाहन्छौँ ।’ उनले मोदीसँग पाँच वटा सीमापार रेल वे निर्माण र चार वटा एकीकृत जाँच चौकी निर्माणमा आग्रह गरेको बताए । पञ्चेश्वरको डिपीआरलाई चाँडै टुंगाइने, बुटवल– गोखरपुर–भैरहवा विद्युतीय प्रशारण लाइन निर्माणको विषयमा समेत मोदीसँग कुराकानी भएको उनले बताए । महाकाली पुल निर्माणमा भारतले सहयोग गर्ने र तीन वटा हवाई रुट सम्झौतालाई चाँडै टुंग्याइने प्रचण्डले बताए ।
नेपाल–भारत सम्बन्धको इतिहासमा आजको दिन महत्वपूर्ण भएको समेत उनले औल्याए । मोदीले भने ‘नदी, खुल्ला सीमाना हामी शेयर गर्छौ, समाजको अन्तरसम्बन्धले दुई देशको सरकारको सम्बन्ध निर्धारण गर्छ ।’ दुवै देशको सुरक्षा चासो साझा भएको भन्दै मोदीले खुल्ला सीमाको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

मोदीलाई नेपाल भ्रमणको निम्तो
यसैवीच, प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले दोस्रो दिन भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्दै नेपाल भ्रमणको निम्ता दिएका हुन् । ‘मैले प्रधानमन्त्री मोदीजीलाई नेपाल भ्रमणको निम्ता दिएको छु’, दाहालले संयुक्त पत्रकार सम्मेलनमा भने, ‘आगामी दिनमा उहाँले नेपाल भ्रमण गर्नुहुनेछ ।’ भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको प्रतिनिधिमण्डल र भारतीय पक्षबीच १५ एजेन्डामा छलफल भएका छन् । यी मध्ये केहीमा सम्झौता भएका छन् ।

प्रकाशित मिति: Sep 16, 2016

प्रतिक्रिया दिनुहोस्