Logo
१३ बैशाख २०८१, बिहीबार
(September 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीले फेरी उठाए मधेशको कुराः सबैलाई समेट्ने विश्वास !

prachanda-modi-meet-delhi

दिल्ली, ३१ भदौ । नयाँ सविधानलाई अहिलेसम्म पनि स्वागत नगरेको भारतले फेरी मधेश असन्तुष्टिलाई सुल्झाउन आग्रह गरेको छ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग पुनः भारतीय प्रधानमन्त्री मोदीले मधेशको मुद्धा सम्बोधन हुने तर्फ संकेत गर्दै प्रचण्डको नेतृत्वमा समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

प्रम प्रचण्ड र भारतीय प्रम मोदीबीच शुक्रवार भारतको हैदरावाद हाउसमा भएको वन टु वट भेटवार्ता पछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदिले नेपाल संविधान जारी भएपछि देखिएको असन्तुष्टिलाई समाधान गर्न प्रचण्डले सफलता पउने विश्वास व्यक्त गरेका हुन ।

modi-prachanda-joint-press-meet-768x820

‘प्रचण्डजीको नेतृत्वमा संविधान कार्यान्वयन हुनेमा विश्वस्त छु’
हैदराबाद हाउसमा भएको द्वीपक्षीय छलफलमा विभिन्न विषयमा छलफल भएको थियो भने छलफलपछि तीन बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । भेटवार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्त गरेका विचारको मुख्य अंशः
– हाम्रो मैत्रीपूर्ण इतिहासमा आज महत्पूर्ण दिन हो ।

– नेपालका प्रधानमन्त्री प्रचण्डजी र वहाँको डेलिगेसनलाई भारतमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको छ ।

– दुई देशबीच ऐतिहासिक सम्बन्ध रहेको छ ।

– नजिकको छिमेकी रहेको कारण नेपालको शान्ति, स्थिरता र समृद्धि दुवैको साझा उद्देश्य हो ।

– नेपालको समृद्धिको हरेक पाइलामा सहयात्री बन्न पाउने सुअवसर प्राप्त भएको छ ।

– तपाईंले नेपालमा शान्ति र स्थायित्व स्थापना गर्न ठूलो भूमिका खेल्नु भएको छ । तपाईंको नेतृत्वमा सबै समुदायको चाहनालाई सम्बोधन गर्दै नेपालको संविधान कार्यान्वयन हुनेछ भन्नेमा म विश्वस्त छु । यसका लागि म तपाईंको सफलताको लागि कामना गर्छु ।

– आजको भएको छलफलमा मैले द्वीपक्षीय सहकार्यका लागि पूर्ण प्रतिबद्धता व्यक्त गरेको छु ।

– मैले प्रधानमन्त्री प्रचण्डजीलाई भारत नेपालको विकासको सहयात्री बन्न सदैव तयार रहेको बताउन चाहन्छु । नेपालको सरकार र जनताको प्राथमकिताको आधारमा हामी त्यो सदैव गर्न तयार छौं ।

– आज भूकम्पपछिको पुनर्निर्माणका लागि क्रेडिट लाइन सम्झौता भएको छ । यसले भूकम्प प्रभावित भएकाहरुलाई ठूलो राहत पुर्याउने छ भन्ने विश्वास लिएको छु ।

– त्यस्तै तराईको सडक सञ्जाल, ट्रान्समिसन लाइन, कास्कीमा पोलिटेक्निक इन्सिटिच्युटबारेमा पनि सम्झौ भएका छन् ।

– हामीबीच दुई देशको सुरक्षाको बारेमा पनि छलफल भएको छ । खुला सीमाको समस्याको बारेमा छलफल भयो ।

– खुला आकाश, क्रस बोर्डर पावर लाइन, ट्रान्जिट रुट, कनेक्टिभिटीका विषयमा छलफल भएको छ ।

– त्यस्तै सबै विकास परियोजनाहरुलाई समयमा सम्पन्न गर्न अनुगमन गर्ने विषयमा हामीबीच छलफल भएको छ ।

 

प्रकाशित मिति: Sep 16, 2016

प्रतिक्रिया दिनुहोस्