Logo
८ बैशाख २०८१, शनिबार
(September 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानीको विवादमा भारतमा ४० बस जलाइयो, २ राज्यमा तनाव

india-news

बेङलुरु,  (एजेन्सी)  ।  भारतको पश्चिमी दुई राज्य तमिलनाडु र कर्नाटकाबीच कावेरी नदीको पानी सम्बन्धि विवाद पुनः चुलिएपछि बेङलुरुमा ४० बसमाथि आगजनी भएको छ ।  तमिलनाडुलाई पानी उपलब्ध गराउने विषयमा उच्च न्यायलयले गरेको फैसलाको विरोधमा कर्नाटकामा पछिल्लो एक सातादेखि विरोध प्रदर्शन चलिरहेको थियो ।

जसले सोमबार हिस्रक रुप लिएपछि उग्र प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले बेङलुरुमा ४० बसमाथि आगजनी गरे। जसका कारण स्थानीय प्रशासनले धारा १ सय ४४ लागु गर्नु परेको थियो । बेङलुरुमा हाल ७ स्थानमा कफ्र्यु लगाइएको कर्नाटका सरकारले जानकारी दिएको छ। राज्यका गृहमन्त्री जी परमेश्वरले हिंसा भड्काउने प्रदर्शनकारीलाई गोली ठोक्ने आदेश दिएका छन् ।

सोमबार जलाइएका गाडीहरू तमिलनाडुको नम्बर प्लेटका थिए। यस्तै, तमिलनाडुबाट कर्नाटकामा आएर विभिन्न व्यवसाय गरिरहेका व्यक्तिहरूको पसल छानीछानी तोडफोड र आगजनी गरिएको थियो। प्रहरीका अनुसार यो घटनामा २ सय प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । भारतका दुई छिमेकी राज्य तमिलनाडु र कर्नाटकाबीच कावेरी नदीको पानी उपभोग गर्ने सम्बन्धमा तनाव भएको यो पहिलो घटना होइन् । पानीको विषयलाई लिएर यी दुई राज्यबीच १ सय ३५ वर्षदेखि झगडा छ ।

खासमा यस क्षेत्रमा बर्षायाममा पानी कम पर्ने वित्तिकै सिचाइँलगायतका कुरामा पानीको उपयोगलाई लिएर विवाद हुने गरेको छ । कर्नाटकका सरकारले केही समयअघि उच्च न्यायलयमा कावेरी नदीबाट १५ हजार क्युसेक पानी उपलब्ध गराउन याचिका दायर गरेको थियो। तर, न्यायलयले १५ को स्थानमा १२ हजार क्युसेक पानी अघिल्लो १० दिनसम्म उपलब्ध गराउन आदेश दिएपछि तनाव उत्पन्न भएको थियो।

प्रकाशित मिति: Sep 13, 2016

प्रतिक्रिया दिनुहोस्