Logo
१३ बैशाख २०८१, बिहीबार
(September 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को परीक्षाको सबै नतिजा सार्वजनिक

bord

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान वाहेकका विषयको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । विज्ञान विषयको नतिजा साउन २३ गते सार्वजनिक भएको थियो ।

विज्ञान विषयमा नियमिततर्फ परीक्षामा सहभागी ४० हजार ६ सय तीन जना विद्यार्थीमध्य ७३ दशमलव ७७ अर्थात २९ हजार ९ सय ५२ जना उत्तीर्ण भएका थिए ।

सोमबार सार्वजनिक भएको मानविकी, व्यवस्थापन तथा शिक्षा विषयबाट परीक्षार्थीमध्ये ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताए ।

यि विषयका तीन लाख विद्यार्थी परीक्षामा सहभागी थिए । त्यस्तै आंशिकतर्फ परीक्षामा सहभागी भएका ९ हजार ७ सय ८१ जनामध्ये ४५ दशमलव १३ प्रतिशत अर्थात ४ हजार ४ सय १४ जना उत्तीर्ण भएका थिए।

शिक्षा ऐन शंसोधनसंगै उच्च माध्यमिक शिक्षा परिषद राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएपछि पहिलो पटक नतिजा सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: Sep 12, 2016

प्रतिक्रिया दिनुहोस्