Logo
७ बैशाख २०८१, शुक्रबार
(September 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको कर्णाली घोषणाबारे मन्त्रीकै चरम असन्तुष्टी

jeevan

सुर्खेत २७ भदौ  ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले कर्णालीमा जन्म र मृत्यु संस्कार हुँदा दिने भनिएको २० केजी चामलप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत बिहीबार व्यवस्थापिका संसदमा राष्ट्रका नाममा सम्बोधन गर्दै जन्म र मृत्युमा २० किलो चामल दिने घोषणा गरेका थिए । उनले प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद्कै सदस्य भएपनि यसबारेमा आफूलाई नसोधिएको भन्दै असन्तुष्टी व्यक्त गरे ।

उनले जन्म र मृत्यु संस्कारमा २० केजी निःशुल्क चामल दिनुभन्दा राज्यले कर्णालीमा प्रयाप्त चामल पुर्याउनुपर्ने बताए । ‘कर्णालीका जनताले अहिले पैसा तिरेर पनि चामल किन्न नपाएको अवस्था छ’ सोमबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शाहीले भने, ‘यस्तो अवस्थामा जन्म र मृत्यु संस्कारमा निःशुल्क चामल दिन्छु भन्नुको कुनै अर्थ छैन् ।’

‘पैसा तिरेर चामल नपाइराखेको अवस्थामा जन्मदा र मर्दा निःशुल्क चामल दिन्छु भन्नु सुहाउने कुरो होइन्’ उनले भने, ‘बरु कर्णालीमा कसरी चामल पुर्‍याउन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी छ।’ उनले प्रधानमन्त्रीको सम्बोधनपछि भइरहेको विरोधलाई पनि अर्थहिन बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री शाहीले सात वटै प्रदेशमा एक–एक वटा हवाइजहाज राख्ने तयारी भइरहेको बताएका छन् । उनले सम्वन्धीत प्रदेशका जनतालाई सर्वसुलभ हवाई सेवा प्रदान गर्ने उद्देश्यले ‘एक प्रदेश, एक जहाज’ को अवधारणा ल्याइएको बताए ।

‘अहिलेसम्म हामीले अन्तराष्ट्रिय उडानमा मात्रै ध्यान दियौं, आन्तरिक सेवामा हाम्रो ध्यान पुग्न सकेको छैन्’ पर्यटन मन्त्री शाहीले भने, ‘मेरो कार्यकालभित्र सबै प्रदेशमा एक–एक हवाइजहाज राख्नका लागि प्रक्रियाको थालनी गरिसकेको छु।’

प्रकाशित मिति: Sep 12, 2016

प्रतिक्रिया दिनुहोस्