Logo
१२ बैशाख २०८१, बुधबार
(September 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेताको गाडी डुब्यो: बाढीका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध !

 rajmarg

काठमाडौं २७ भदौ  । अविरल वर्षापछि चुरे क्षेत्रबाट आएको बाढीले राैतहटकाे चन्द्रपुर नगरपालिका चाँदी खोला नजिकै पूर्व—पश्चिम राजमार्ग अवरुद्ध भएको छ । जुडिबेला र पौराइ लचकामा राजमार्ग अवरूद्ध भएकाे प्रहरीले जनाएकाे छ ।

जमार्ग अवरुद्ध हुँदा करिब एक हजार सवारी साधन एवं तिनमा सवार सर्वसाधारण अलपत्र परेका छन् । पूर्वबाट आएका सवारी साधनलाई सुरक्षाकर्मीले बागमतीमा रोकेका छन् ।

पश्चिमबाट पूर्व जाने सवारी साधनलाई चन्द्रनिगाहपुरमा रोकिएको रौतहट जिप्रका डिएसपी नवीनकृष्ण भण्डारीले बताए । माओवादी केन्द्रका नेता एवं सांसद प्रभु साहको गाडी राजमार्गमा डुबेको छ ।

प्रभु साहको गाडी डुब्यो

माओवादी केन्द्रका नेता एवं सांसद प्रभु साहको गाडी राजमार्गमा डुबेको छ । सिराहाको मिर्चैयामा आज प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने आमसभामा भाग लिन उनी पूर्व जाँदै थिए । साह चढेको बा १ ज ८४९३ नम्बरको निजी गाडी चाँदी खोल नजिकै डुबेको हो ।

उनको गाडी पानीमा डुबेपछि स्टार्ट बन्द भएको थियो । इन्जिनमा पानी पसेर स्टार्ट बन्द भएको गाडीलाई पछि कार्यकर्ताले ठेलेर निकाल्न सफल भएका थिए ।

प्रकाशित मिति: Sep 12, 2016

प्रतिक्रिया दिनुहोस्