Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत भ्रमणको तयारी पुराः प्रधानमन्त्री दाहालसँगै जाने यी हुन पत्रकारहरु !

pm-modi-with-prachanda-in-nepal

काठमाडौं । औपचारिक निर्णय नभएपनि भदौ ३० देखि असोज २ गतेसम्म भारत भ्रमणमा जाने लगभग सबै तयारी पुरा भएको छ । तर मन्त्रीपरिषदको बैठकले भने निर्णय गरेको छ्रैन् । भ्रमण निश्चित भएकाले आवश्यक तयारी भने भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याले बताए ।

उनका अनाुसार भारत भ्रमणमा प्रस्तुत गर्ने ‘एजेन्डा सेटिङ’ का लागि परराष्ट्र मन्त्रालयको नेतृत्वमा विभिन्न मन्त्रालयहरुले गृहकार्य थालेका हुन् । प्रधानमन्त्रीले नयाँ योजनाहरुमा सम्झौता भन्दा पनि यसअघि सम्झौता भएका पुराना र अधुरा रहेका योजनाहरुलाई अघि बढाउन जोड दिने उद्धेश्य रहेकोले सोही अनुसार गृहकार्य सकिएको छ ।

यस्ता छन एजेण्डाकाः
भारतिय श्रोतका अनुसार महत्वपूर्ण एजेण्डाको रुपमा यसपटक हुलाकी रोड हुने छ । प्रधानमन्त्रीको भारत भ्रमणका मुख्य एजेण्डाहरुमा पञ्चेश्वरको संयुक्त डीपीआरलाई अन्तिम रुप दिने एजेण्डालाई पनि विशेष बनाइएको छ । श्रोतले भन्यो ‘पर्याप्त तयारी नहुादा अन्तिममा कतिपय विषय नमिल्ने भएकाले तयारीका लागि महतले भारतको भ्रमण गर्न लागेका हुन् ।’

भारतको तर्फबाट प्रस्तावः
प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपालका गर्ने सहयोगबारे लगभग पक्कापक्की गरेको छ । समाचार श्रोतका अनुसार भारतले लुम्बिनी तथा पशुपति नाथको मन्दिर आसपासमा भौतिक सुधारका साथै केही विकास निमार्णका काममा सहयोग गर्ने निश्चित भएको हो ।

यी हुन महत्वपुर्ण एजेण्डाहरुः
–गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा रातीको समयमा सबैतिर प्रकाश पुग्ने गरी बत्तीको ब्यवस्था ।
–अधुरो रहेको हुलाकी राजमार्गको काम अघि बढाउने ।
–लुम्बिनीमा सभाहलको निमार्ण गर्ने ।
–नेपाल भारतको प्रमुख ब्यापारिक नाका झापा, बिराटनगर, बिरगञ्ज, नेपालगञ्ज लगायतका स्थानसम्म रेलमार्ग जोड्ने ।
–प्रहरी तालिम केन्द्रको स्थापनामा सहयोग गर्ने ।
–पशुपतिनाथको मुख्य मन्दिर बाहेक पशुपति क्षेत्रको पुनर्निमार्ण र संरक्षणमा सहयोग गर्ने ।
–माथिल्लो कर्णाली र माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाको काम अगाडि बढाउने बारे पुनरावलोकन गर्ने ।
–हुलाकी रोडको दोश्रो चरणको काम अघि बढाउने ।
–तल्लो अरुण ४ सय मेगावाटको जलविद्युत आयोजना शूरु गर्ने ।

तल फोटोमा हेर्नुस प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका पत्रकारहरुको नमावली :

journalist-news

प्रकाशित मिति: Sep 12, 2016

प्रतिक्रिया दिनुहोस्