Logo
४ बैशाख २०८१, मंगलबार
(September 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठुलो दुर्घटनाबाट जोगियो नेपाली ध्वजा बाहक विमान,  आकस्मिक अवतरण !

फाइल तस्विर
फाइल तस्विर

काठमाडौं, २७ भदौं । दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमान आकस्मिक अवतरण भएको छ । १६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा समस्या आएको थियो ।

उडान भरेको ३२ मिनेटमै विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको थियो ।

विमानमा समस्या आउने वित्तिकै पाइलटले दिल्ली एयर ट्रफिक कन्ट्रोलमा जानकारी गराएका थिए । त्यसपछि विमानलाई फर्काएर इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको रन वे २८ मा अवतरण गराइएको थियो ।

विमानको पखेटा नखुलेपछि विमानको अवतरण गरिएको थियो । अवतरण गर्ने क्रममा विमानको टायर पड्किएको जनाइएको छ । विमानका चालक दल र सबै यात्रुहरु सकुशल रहेका छन् ।

प्रकाशित मिति: Sep 12, 2016

प्रतिक्रिया दिनुहोस्