Logo
७ बैशाख २०८१, शुक्रबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाह्री जुङ्गा पालेर महिलाले लेखाइन गिनिज बुकमा नाम (भिडियो सहित)

youngest-female-with-a-full-beard

एजेन्सी २५ भदौ । बेलायतमा बस्ने भारतिय मूलकी हरनाम कौरलाई गिनिज बुक अफ वर्लड रेकर्डले ‘दाह्री भएकी सबैभन्दा कान्छी महिला’ को उपाधि दिएको छ । गिनिजले दाह्री र जुङ्गा भएकी हरनामको तस्बिरसमेत सार्वजनिक गरेको छ । ‘पलिसिसटिक ओभरी सिन्ड्रोम’ बाट पीडित हरनामको अनुहारमा सामान्यभन्दा बढि रौं पलाएका छन् ।

उनको दाह्री ६ इन्चसम्म लामो छ । थुप्रै पटक दाह्रीकै कारण प्रताडना सहन परे तापनि उनी यसको डटेर सामना गरिन् र सिख धर्मको मान्यता अनुसार यसलाई नकाट्ने निर्णय गरिन् । हरनामले यही वर्ष एक अन्तर्राष्ट्रिय फेसन सोमा पनि र्याम्पवक गरेकी थिइन् । उनले २४ वर्ष २८२ दिनमा यो उपाधि हाँसिल गरेकी हुन् ।

सन् १९९० नोभेम्बर २९ तारिखका दिन जन्मिएकी उनले आफू ११ वर्षको हुँदा अनुहारमा अनावश्यक रुपमा रौं पलाएको थाहा पाएकी थिइन् । प्रतिष्ठित गिनिज बुक अफ वर्लड रेकर्डस्ले गत बिहिबार आफ्नो ६२ औं संस्करण जारी गर्दै सो कुराको जानकारी दिएको छ ।

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्