Logo
८ बैशाख २०८१, शनिबार
(September 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रधानमन्त्री महरा एक दिनका लागि चीनतर्फ उडे

फाइल फोटो
फाइल फोटो

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा मन्त्री भएको एक महिनाको अवधिमा शनिबार दोस्रो पटक चीनतर्फ लागेका छन् । उपप्रधानमन्त्री महरा तिब्बतमा हुने एक कार्यक्रममा सहभागी हुन् शनिबार १२ बजे चीनतर्फ उडेका हुन् ।

महरा तिब्बतमा हुने एक सांस्कृतिक कार्यक्रममा सहभागी हुने छन् । उपप्रधानमन्त्री महराका प्रमुख स्वकीय सचिव हिमाल शर्माले ‘ल्ह्सामा हुने एक ‘कल्चरल एक्पो’ मा सहभागी हुन चीन जानुभएको बताए ।

महरा एक दिनमै स्वदेश फर्कने कार्यक्रम रहेको छ । यस अघि उपप्रधानमन्त्री महरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेषदूत बनेर साउन अन्तिम साता चीन पुगेका थिए ।

प्रमुख स्वकीय सचिव शर्माले भने अन्य राजनीतिक भेटवार्ता भन्दा पनि कार्यक्रममा सहभागीताका लागि मात्र महरा चीन गएको जानकारी दिए ।

चीन भ्रमणबाट फर्किएपछि चिनियाँ राष्ट्रपतिले असोज अन्तिम साता नेपालको भ्रमण गर्ने बताएका महरा भ्रमण स्थगित भएको खबर सार्वजनिक भएपछि पुनःचीन प्रस्थान गर्नुलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति: Sep 10, 2016

प्रतिक्रिया दिनुहोस्