Logo
१२ बैशाख २०८१, बुधबार
(September 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रक्सीको तालमा गुन्डाले प्रहरीको हतियार खोस्न खोज्दा गोली चल्यो !

hatyar

दाङ , भदौ २५ । दाङमा प्रहरीको गोलीबाट एक गुन्डा नाइके सख्त घाइते भएका छन्। रामपुरका नाइके दानबहादुर बुढा घाइते भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । दाङको तुलसीपुर नपा–१५ ग्वारखोलामा रहेको सागर कटेजमा बिहानै मादक पदार्थ पिएर हल्ला गरिरहेका युवाहरुले हतियार खोस्न खोजेपछि प्रहरीले गोली चलाउँदा रामपुरका बुढा घाइते भएका हुन् ।

मादक पदार्थ पिएर होहल्ला गरिरहेका युवाहरुको समूह र प्रहरीबीच भएको विवादका क्रममा गोली चल्दा एकजना घाइते भएको प्रहरीले जनाएको छ । गुन्डाका नाइकेले रक्सीको तालमा प्रहरीको हतियार खोस्न खोज्ला गोली चल्यो उनको भनाइ छ । गोली आज बिहान २ बजे चलेको हो ।

स्थानीयस्तरमा दादागिरी गर्दै आएका युवा समूहलाई सम्झाउन खोज्दा पुलिसकै हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको हो । करिब १६ जनाको समूहमा रहेका युवाहरुले आक्रमण गर्न खोजेपछि गोली चलाउँदा त्यो समूहका नाइके बुढाको खुट्टामा गोली लागेको हो । पुलिसले घटनास्थलबाट ६ जनालाई पक्राउ गरेको छ । अन्य युवाहरुको खोजी भइरहेको छ । बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको हाल राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको एसपी सिंहले बताए ।

पक्राउ पर्नेमा दाङको रामपुर गाविसका २१ वर्षीय रमेश अधिकारी, सोही ठाउँका उपेन्द्र गिरी, किरण पोख्रेल र तुलसीपुर नगरपालिकाका सागर श्रेष्ठ छन्। सागर कटेज सञ्चालक लगायत छन् ।

प्रहरीका अनुसार शुक्रबार राति साढे १२ बजे तुलसीपुर–घोराही सडकखण्डको ग्वारखोला नजिकै पाँच जनाको संख्यामा रहेको गुण्डाहरूको समूह गस्तीमा रहेको प्रहरी टोलीमाथि जाइलागेपछि प्रहरीले गोली चलाएको हो। घटनास्थलबाट दुई थान खुकुरी र प्रहरीलाई आक्रमण गर्ने ५ जनालाई पक्राउ गरिएको सिंहले बताए ।

प्रकाशित मिति: Sep 10, 2016

प्रतिक्रिया दिनुहोस्