Logo
१५ चैत्र २०८०, बिहीबार
(September 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरो खोज्दै सहर पसेकी आमाको कथा

katha

झविन्द्र देवकोटा,

महेल परेका कपडा, चाउरी परेको अनुहार । ख्वाक, ख्वाक गर्दै बैसाखीको भरमै वल्तिर पल्तिर गर्नु मेरो दैनिकी । बैसाखी विना वरपर गर्न सक्ने अवस्था पनि छैन । बुढो चाउरी परेको शरीरलाई जनतन लतार्दै तल्लो बेसी र उपल्लो गाउँ गर्छु । वर्षामा भित्रै ताल पर्ने र चैतको घामले बिस्कुन सुक्ने फेदीमा रहेको मेरो बुकुरो, सानो बतासलाई पनि थेक्न सक्दैन । छाला झुण्डिएका छन् । अस्थिपञ्जरले ढाकेको मेरो प्राण सुइयऽ सुइयऽ गर्दै बाचुञ्जेलको संघर्ष गर्दै छ । यसै प्राण त्याग्न पनि सक्दिन । बुकुरो मुन्तिर बग्ने छहरे खोलो, कलकल बग्ने गरेको आवाज पनि मधुरो सुन्छ । आँखाले पनि छरछिमेक ठम्याउन छाडि सके । धमिलो देख्ने मेरा आँखाका कुना–कुनामा पहेलो पदार्थ बगि रहन्छ । पोहोर साल छिमेकी बाबु लाहुरबाट आउदाँ टिठ मानेर उपहार दिएको मजेत्रोले नागबाट वग्ने पानी र आँखाको पहेलो पदार्थ पुछ्ने गर्छु । पधेरीबाट पानी बोकेर ल्याइदिने पनि कोही छैन । एकसाता भो पल्लाघरे काइलालाई बाबु पानी ल्याइदेउन !

भनेर गरेको वचनको इज्यत राख्दै ल्याइदिएको एक गाग्री पानी पनि सकिसक्यो । पानी बोकि दिने कोही देखिन्छन् कि भनेर वल्ला पल्ला डाढा चाहार्ने मेरा आँखा घर पल्तिरको कुलेसो पनि देख्दैनन् । रातभर निन्द्रा पर्दैन, सास फुलेर पहाड जत्रो हुन्छ, गाउँ बेसी, फेदी निदाँएर सुनासान छन् तर मेरो बुकुरोमा अइया, उहुँ, दुख्यो, सुइया, सुइयाऽऽऽ को स्वरनै मेरो सँगी बनेको छ । मधुरो देख्ने मेरा आँखा रातभर ओल्तीर पल्तिर गर्दै जागि रहन्छन् । आँखा आज अचानक दलानमा झुण्डिएको मुरलीमा परे । पुर्णिमाको उज्यालो मुरलीमा परेको दृष्यले मेरो ममतालाई एकाएक जाग्यो । आमा मलाई मुरली ल्याइदिनु होस् न । मेरो ध्वति (साडि) तान्दै बाबुले कर ग¥यो, (रातीको आठ बजेको थियो) बाबु कहाँबाट ल्याइदिनु यति बेला मुरली, रातीको समयमा कहाँ जानु ? मुरली बनाउन जान्ने अर्काे मान्छे घरमा थिएन, भान्सा, खेतबारी खर्यान र गोठको काम मै भुलेकी म मुरली बनाइदिन पनि जान्दिन । बाबुले अतिनै कर ग¥यो । उसका सानासाना रहरलाई पनि पुरा गर्दै आएकी मैले उसको रहरलाई पनि पुरा गर्नु थियो ।

बाबुले मुरलीको रहर गर्दा उसको रहर पुरा गर्न, उसलाई जनतन निदाउन हालँे, बाबु निदाँएपछि विहान मात्र व्यूझिने भएकाले सुटुक्क तल्लो गाउँतर्फ लागेँ । झण्डै दुई घण्टाको बाटो हिँडेर भाइ कान्छोको घर पुगेँ । हस्याङ्ग, फस्याङ्ग गर्दै भाइको घरमा पुगेकी मैले भाइलाई बोलाएँ, कान्छा, कान्छा, भाई कान्छा, भित्रबाट कोहाँ यो रातीमा ? भाईले जवाफ फर्काए । (रातीको ११ बज्नै लागेको थियोँ) भाई म सुन्तली दिदी । भाई–दिदी ! यति राती के भो दिदी, भाई आत्तिदैँ दैलोको आउलो उघार्दै सोध्दै गरे– हैन दिदी केभो ? यति राती कहाँबाट, भान्जा खोइ त ? भान्जालाई केही भो र ? भाईले एकोहोरो मलाई सोधी रहे ।’ कान्छा त्यस्तो केही होइन । बरु कान्छा तिम्रोमा मुरली छ नि है ! हँ ! ! !, के भन्नुभएको दिदी । भान्जाले मुरली भनेर अतिनै कर ग¥यो, बल्ला बल्ला निदाँउन हालेर आएँकी ।

कान्छा मुरली छ भने खोजी देउन, कान्छालाई डाँडामा मेलालाग्दा ५० पैसामा किनिदिएको मुरली भेटिन्छकी भन्ने ठुलो आशा थियो । तर कान्छाले धेरै बेर खोजे । मुरली भेटेनन् । दिदी मुरली त भेटिएन भोली म डाडाँको बजारमा गएर ल्याइदिन्छु, तपाई घर फर्किनुहोस् । भाईले अति कर गरे मैले मानिन । एक्कैछिन है दिदी भन्दै, भाई बाहिर निस्किए । केहीबेरमा भाईले बासँको लौरो लिएर घर भित्र पसे । हतार–हतार छेउमै टुकी बालेर भाइले बासँ काट्न थाले । मैले केही सोधिन, मलाई थाहाँ थियो, भाईले मुरली बनाउन लागेको । केही बेरमा भाइले विण फुकालेर हसियाँको फेद तताँउन लागे, केही बेरमै भाईले मुरली तयार पारे । अनि दिदी हिड्नुहोस जाउँ फेदी । हजुरलाई छोडेर म फर्किन्छु । एकघण्टाको प्रयासमा भाइले बनाएको मुरली बोकेर भाइकान्छासँगै हामी घर तिर फर्कियौ । (रातीको १२ बजेको थियो) जुनकिरीको गुनगुन, स्यालको भुहँहुहुऽऽऽऽ, गोरेटोसँगै रहेको छहरे खोलाको कलकलकल आवाज गुञ्जीदै थियो ।

अर्कातिर घरमा सुतेको बाबु, मेरो हातमा रहेको मुरली र मुरली दिदाँ उसले पाउने खुसी र त्यो खुसीको अनुभव गर्न म हतास थिएँ । केही बेरमै हामी घर पुग्यो, घरको पिडी पनि नटेकी भाइ फर्किए । मैले भाइलाई बस्न भन्न पनि भुलीछु, छिटो(छिटो गरि म, ओच्छ्यानमा गएँ । बाबु निदाँइ रहेको थियो, बाबुको छेउमै मुरलीको सिरानी बनाएर पल्टिएकी म खै कति बेला निदाँएछु, कुखुराको भाले बासेसँगै मेरा आँखा खुले ।

दैलो कुचोगर्दै, डिंगालाई दानापानी दिदै डाडाँमा घाम झुल्किन थाले । आगन बडार्दै फोहर घुर्यान तिर लार्दै थिएँ बाबु पनि उठ्यो । आमा, आमाऽऽ हुँहुँहुँ बाबु त्यही तालमा मभए ठाँउमा रुदैँ आयो । अन्यदिन जस्तो बाबु भुलाउन अफ्ठ्यारो थिएन मलाई । उ एकोहोरो रुदैँ थियो । बिहान उठ्दा उसले मुरली विर्सी सकेको थियो । भर्खर पाँच वर्षमा टेकेको बाबु, पुराना कुरा सम्झन समय लाग्दथियो । एक्कैछिनमा ओच्छ्यानमा राखेको मुरली धोतीले बेरेर बाहिर ल्याएँ, बाबु मैले तिमीलाई के ल्याइदिएकी छु । बाबु फुलिएन । मैले धोतिले बेरिएको मुरली आस्ते, आस्ते खोल्दै जाँदा बाबु एक्कासि रुन छोडे र मुरली खोसे । अनि खुसि हुदै आगनको डिलमा बसेर तिर्र तिर्रऽऽ पार्दै मुरली बजाउदै मलाई आमाले मुरली ल्याइदिनु भयो, मलाई आमाले मुरली ल्याइ दिनुभयो, निरन्तर त्यस्तै गर्दै तिर्र तिर्र्रऽऽ पार्दै मुरली बजाँउदै खुसीले नाँच्ने घुम्ने र दौडिने गरे, मैले उनको खुसी हेरी रहे, आनन्दित भएँ ।

मेरा गहभरी आँशु बगेछन् । टाउको बेरेको मेरो मजेत्रो आँशुले भिजेछ, सकि नसकी उठेर दैलो उघारे, र बाहिर पिडीमा भएको डोको लिएर भित्र पसेँ । डोकोलाई धुरी खामाको छेउमा अडेस लगाएर घोप्टो पारे, त्यही डोकोमाथी चडेर मुरली पुगे, धैसोले डाकेर बिरंगी भएको मुरली मजेत्रोले पुछे, र बजाउन थाले मुरली पनि बुढो भएछ क्यारे, बजेन, मुरली बनाउने भाई कान्छाकोमा जाने साहस पनि छैन । मुरलीलाई मसार्दै रात बिताएँ ।

बिहानको भाले बासेपछि अइया, उहुँ, दुख्यो, सुइया, सुइयाऽऽऽ को स्वरसँगै दैलो उघाँरे । झिसमिस उज्यालो भएको थियो । अचानक ! बाबुलाई सम्भिएँ । बाबु केहि त भएन ? मुरली लिएर दगुरेको बाबु लडेको सम्झना एक्कासी मानसपटलमा आयो र काल्पनिक स्मृतीले बास्तविक अनुभुति कोर्याे । मुरली पाएको खुसीमा उत्साहित भएको बाबु, आगनमा मुरली तिर्र, तिर्र, तिर्रऽऽऽ पर्दै ओल्लो–पल्लो कुनामा दौडदै, आफ्नै खुट्टामा अल्झिएर लडे, बाबु भन्दै दगुर्दै उनीसँग पुगे, उनी रोएका पनि थिएनन्, जुरुक्क उचालेर काखँमा राखेर बाबु के भो ? कही त लागेन ?, कहाँ दुख्यो ? खै हेरौ, शरीरका सबै अंग मुसारे । बाबुको शरीरमा झिजोले पनि कोतरेको थिएन । ठिकठाक भएको बाबुलाई पनि मसार्दै धेरै बेर सुमसुम्याएँ । यस्तै दिन वित्दै गए । त्यसो गर्दा गर्दै बाबु पनि ठुलो हँुदै गयो । भाइले बाबुलाई डाँडाको पाठशालामा भर्ना गरिदिएका थिए । बाबु टाठो भएकाले पढ् चाडै सिक्यो ।

आखिर साहारा भनेको पनि बाबुनै थियो । कमाउन लाहुर (भारत) गएका उनी (श्रीमान) को खवर नआएको पनि दश वर्ष भैसेको थियो, उत्तिकै उमेरको पुग्यो बाबु । उनीसँगै गएकाले साथीले उनको केही खवर नपाएको सुनाउदै थाके । मैले सोध्न थाकिन । विहे गरेको वर्षदिननै कमाउन लाहुर पसेका बुढामाउ, एक पटकको दशैमा आएका थिए । त्यसपछि गएका उनी फर्किएका छैनन् । उनलाई सम्झिएर दिन काटेपनि सहारा भन्नुनै यहि एउटा छोरा हो । बुढोघरमा झगडा गरेर फेदीमा बसोबास गरेका हामी बुढामाउ नहुँदा गुहार्ने ठाँउ पनि छैन । के भनेर बुढो घर जाउँ बाटो पनि बन्द गर्नु भएको थियो उहाँले ।

छोरालाई नै हेरेर जीवन विताएकी छुँ । बाबुको हाँसोमा हास्ने म, रुदाँ सँगै रुन्छु, उसलाई पेटभरी खुवाँएर, भोकोपेट अघाँएर सुत्छु मेरो दिनचर्या । पाठशाला जाने बाबुलाई पढ्ने कापी कलम किनिदिन गाउँको मेलामा जानुको अर्काे विकल्प छैन । दिनभरी मेलामा गएर साँझ घर फर्किनु नै मेरो इलम । बिहान बाबुलाई अर्नि तयार गरि राखिदिएर मात्र मेलामा जानु मेरो दैनिकी । पाठशाला पुग्न आधा विहान लाग्ने बाबुसाँझमात्र घर फर्किन्थे । थाकेर आएका उनका हातगोडा माड्दा एक कटौरा तेल सकिन्थियो, उनले अइया समेत भन्थेनन्, उनका हातखुट्टा माड्दा माड्दा उनकै गोडासँगै निदाँउथे सधै । उमेरले चार बिस काटिसक्यो, आफ्नै शरीरलाई लतार्न पनि सक्दिन, । बैसाखीको सहारालेनै वरपर गर्छु । बुढो भएको शरीरका प्रत्येक अंग दुख्छन् । अलिकती भएपनि शरीर माडिदिने कोही होलाकी भन्ने झुटो आशा जागि रहन्छ । कसलाई सम्झु ? बाबु कहाँ होलान् के खाँएका होलान् । यो बुकुरोमा भए त बाबु यसो हातगोडा माडि देउन भन्थे, बाबु कहाँ होला ?

आमा तपाईलाई काम गर्दा थकाई लाग्दैन ? भोक लाग्दैन ? किन मलाई यतिका माया गर्नु हुन्छ ? अलिकति केही भए कति धेरै आत्तिनुहुन्छ, ? बुवा कहाँ जानु भएको छ र आमा ? (बाबुका यतिका प्रश्नले एकाएक मेरो आँखाबाट मुल फ्ट्दै छ ) आमाऽ म छुनी, ठुलो भएपछि तपाईलाई कुनैपनि दुःख हुदैन । किन रुनु भएको ? नरुनु म छुनी ! हजुरको सहारा ।  बाबुले भन्ने गरेका कुरा । म पनि उनका कुरामा हराउदै गएँ, मेरो ममता तिनै कुरामा छताछुल्ल भयोँे । बाबुले भन्दै गएँ म कस्तो भाग्यमानी है तपाइको साथ पाएकोमा, साच्चै आमा तपाईलाई किन राती सम्म निन्द्रा लाग्दैन मलाई निदाउन हालेर मात्र किन सुत्नुहुन्छ, यो दुनियमा सबैभन्दा प्रिय भनेकै हजुर होनी है आमा ।

मेरो रुवाइमा सँगै रुने र हाँसोमा हास्न कसरी आउँछ आमा हजुरलाई ? किन यति धेरै माया गर्नु हुन्छ ? आमा तपाइले मलाई, किन यति जाति हुनुहुन्छ आमा हजुर । (बाबु भर्खर १५ मा टेक्दै थियो) बाबुले त्यसपछि हरेक कुरामा मलाई सघाँउन थाले । म बुढामाउलाई पनि विर्सिएँ । मैले बाबुलाई कुनै चिजमा कमी गराइन, उसका हरेक रहरलाई पुरा गर्दै गएँ । उसलाई ठेसलाग्दा समेत डाँको छोडेर रुने मेरो ममता उसका लागि कहिल्यै कम भएन । मलाई साथी बनाएको बाबु मेरो एउटामात्र साहरा बनेको छ । बल्लतल्ल गरी आगनको डिलमा आएँ । बैसाखीको सहारामा डिलमा पुगेकी म, मुरली माथी जागेको ममताले पुनारा स्मृतीलाई दोहो¥याइ रह्योे । बाबुको हाँसो, रुवाई, खुसी, भोकलाग्दा कराउदै भाडाँ फालेको, सानो घाउँ हुदाँ पनि रुदै दुःख देखाउदाँ मेरो ममताले फुलाएको सदै ताजा बनेको छ । बाबु बेहुलो वन्दा कति राम्रो देखिएको थियो, सुन्दरताको वर्णन गरेर म कहिल्यै थाकिन ।

भाई कान्छाले तल्लो गाउँमा भान्जाका लागि केटी हेरेका रैछन् । कुरो लिएर फेदी आए । भाई–दिदी केटी एकदम राम्री छ, कुलघरानकी हो । भान्जालाई सुहाउछे, कुरो चलाउनु प¥यो (भाइले भने) । भाइले हेरेपछि भै गयो नि, तिमीलाई दिदीको बारेमा सबै थाहाँ छ, तिमीलाई राम्रो लागे ठिकै छ । भाई–‘तल्लो गाउँकी पण्डितकी छोरी हुन् के दिदी ।’ ए ठिक छनी त । भाइले कुरा चलाए, अनि बाबुको त्यही साल विवाह गरियो । बिवाहको पहिलो रात बाबु बुहारीलाई छोडेर म सँग सुन्त आए । मैले यहाँ किन आको भन्दा आमा म हजुरसँगै सुत्छु भन्ने बोली थियो बाबुको । पछिपछि बानि पर्दै गयो बाबु र बुहारी खुब मिल्न लागे । बुहारी घरको कामधन्दा गर्न सिपालु । राती बुहारीले मेरा गोडामा चिल्लो लगाएर मात्र सुत्न जान्थिन् । बाबुपनि सँगै आउथे अनि हात दवाउथे त्यसपछि सँगै छोराबुहारी सुत्न जान्थे । सयम गुज्रिदै जादाँ घरमा हातमुख जोड्न मेलामा जानुको अर्काे विकल्प पनि भएन । मेलामा दिनभरी काम गरेर, ज्याला बापत दिएको मकै, कोदो, भट्ट, चामलले छाक टर्ने घरायसी पीडा हाम्रो ।

त्यसै गर्दै छोरालाई हुर्काएकी थिएँ मैले । घर मालिक बेखवर बनेपछि कहिले पिठ्यूमा, कहिले कोखिलामा, कहिले ढोकामाथी बाबुलाई बोक्दै, मेलापात गर्नै हुर्काएकी हुँ । घरको अवस्थालाई सुधार्न बिवाहको तेस्रो साल बाबु कमाउन भन्दै सहर पसे । सहरमा जुटको कारखानामा काम मिलेछ बाबुलाई, दुई महिनापछि उनी घर फर्किए । कमाइ राम्रो भएको भन्दै फेरी जाने निधो गरेका बाबु सहर जाने आउने गर्थे । सहरमा बाबुले के खायो होला, कहाँ बसेको होला, सधै चिन्ताले सताउथ्यो मलाई, चिपित्र भन्दा पहिले बाबुनै आउथे घर । सहर पसेको तेस्रो वर्षमा घर आउँदा मैले बुहारीलाई पनि सँगैलान कर गरँे । बाबुलाई कारखानाको मालिकले राम्रो काम गरेको भन्दै कोठा दिएको रैछ । त्यसैले पनि बाबुलाई सजिलो होस् खान बस्न भनेर मैले बुहारीलाई सँगै पठाइदिएँ (बिवाहको दुई वर्षमा) ।

दुई तीन महिनामा आउने बाबु बुहारी गएपछि सहरबाट दशैमा मात्र घर फर्किन थाले । कामले फुर्सद नपाएर होला भन्दै मैले चित्त बुझाएँ । बिवाहको आठ वर्षमा बुहारी दुई जिउकी भइन् । सुत्केरी हुन दुई महिना पहिले नै बाबुले मलाई लिन सहरबाट मान्छे पठाए । म तिनै मान्छेसँग सहर गएँ । बुहारीले छोराको जन्म दिइन् । बाबुले काम गर्ने कारखाना भरी हर्ष बढाई भयो । सुत्केरी बुहारीलाई तीन महिना स्याहारेर म पाँच महिना पछि घर फर्किए । घर पुग्दा घरमा धमिलो लागेको, माकुराले जालो बेरेको, बाहिर तिउन खान लगाएका तुलफुलसबै डिंगाले खाएका, बारीमा झेक्रामात्र । बिहानी झिसमिसेमा आगनको डिलमा बसेकी म, चारै तिर आँखा घुमाउदाँ त्यही अवस्था छ घरको । माकुराले जालो बुनेकोे मेरो घर, वर्षामा भित्रै ताल पर्ने र चैतको घामले बिस्कुन सक्ने भएको छ । घरमा परेका प्वाल थुनिदिने कोही छैन । बाबु घर नफर्केको पनि धेरै वर्ष भयो । मैले बाबुलाई भेट्ने जाने सहास पनि गर्न सक्दिन । उसको खुसीमा म तगारो बन्न पनि त सक्दिननी । मेरो सोचाई विशाल बन्दै गयो ।

बाबु घर नफर्किएको छ वर्षपछि म तल्लो गाउँका बुहारीका दाईसँग सहर गएँ । बाबु सानो छदाँ पटुकीमा राखेका मकै खुव खान्थे । त्यही सम्झेर मैले घ्यू राखेर फुला उठेका मकै र एक माना घ्यू बोकेर बाबुलाई भेट्न सहर पुगेँ । अरु लाने पनि त मसँग केहि थिएन । सधै मलाई देख्दा खुसिले फुर्किने छोरा यसपाली अलि फरक देखिए । ‘आमा ढोगे, सन्चै हुनुहुन्छ ? उनको बोली यत्ति निस्कियो । खाई त नाती ? बाबुले विद्यालय गएको सुनाए । बुढो शरीर, महेल परेका कपडा लगाएकी म सहर पुगेकी थिएँ । पानी बाकेर आफ्ना कपडा धुन नसक्ने भएकी थिए । शरीरले तीन विस काटि सकेको थियो) एक्कै छिनमा बुहारी पानी लिएर आइन् । बुहारी आमा कति दिन बस्नुहुन्छ नी ? (सन्चो विसन्चो नसोधी बुहारीले मलाई यस्तो प्रश्न किन गरिन ? मेरो सोचाइ) ठिकै छ नानी मैले भने । केही बेरमा साँझ पर्न थाल्यो, नाती पनि पढेर फर्किए । ए मेरो नाती खै खै आउत यताँ । नाती मसँग आउन मानेनन् । साँझ खान्की खाएपछि छोराले सुत्न अध्यारो कोठामा लगे । खै किन मलाई निद्रा परेन । राती पानी पिउन उठेर भान्सातिर जाँदै गर्दा छोरा बुहारीको विचमा खटपट सुने ।

‘‘आमा किन आएकी होलान्, अव कति दिन होला बस्ने, कति गाह्रो भयो है, मैले त बाबुलाई पनि आमा सँग नजान भनेकी छु–’’ बुहारीले भन्दै थिइन् । बाबुले सम्झाउदै भने–त्यसो नभन, एक दुई दिनमा त गइ हाल्नु हुन्छ नी, जे सुकै होस् मैले जान्दिन, मलाई मतलव पनि छैन, बुहारी चेन् ि। छोरा–‘भयो नि त तिमीलाई नराम्रो लाग्छ भने म एक दुई दिनमै आमालाई घर पु¥याएर आउछु ।’ नाती–‘ आमाऽ अध्यारो कोठामा सुत्नु भएको हजुर आमा है । बुहारी–‘चुप लाग, खुरुक्क सुत ।’’ उनीहरु बिचको वार्तालाभ सुनेपछि म पानी नै नपिएर अध्यारो कोठामै फर्किए । रातभरि निदाउन नसकेकी म, बिहान उठ्ना साथ, बाबुऽ बुहारीका दाई आज फर्किने भन्नु भएको थियो म पनि घर फर्किन्छु है उहाँसँगै, । तिमीहरुलाई एक पटक देख्न मन लागेर मात्र आएकी । बाबुले कुनै प्रतिकृया दिएनन् । अनि हुन्छ मात्र भने । म तल्लो गाउँका बुहारीका दाईसँगै फेदी घर फर्किए । घरको पिडीमा पुग्नासाथ भक्कानो फुटेर आयो, आँखाबाट साउने भल नरोकीने गरि बग्यो, शरीरले शरीरको भार थाम्न सकेन र पिडीमै बज्रियो ।

बज्रिएको मन उठ्न नसकेको पनि एक विस भइसक्यो, कहिलेकाही बाबुले गाउँका मान्छेसँग पठाइदिएको सय पचास खर्च नगरी राखेकी छु । बाबु सन्चै छन् सुन्छु । पछिल्लोपटक सहर गएका वेला देखेकी थिएँ । उसलाई देख्ने रहरको घिट्कीसो छ । नाती पनि ठुलै भयो होला ? विवाह गरि दिएकी नाई कुन्नी । यहि मुरलीले उसको झल्को मेटाउने भयो । बाबु आउछन् र आमा भनि बोलाउछ् भन्ने आश जिवितै छ । डाडाँका पहेली घामको राप बढ्दै्, मुरली बजाउने बाबु दौडिदै आउछकी मलाई भेट्न, मेरो रहर जस्तै घामको प्रकाश बढ्दै छ, घामको उज्यालो जति टाढाँटाढाँ फैलदै जान्छ त्यतैनै आँखा खोल्दै जान्छु, पहेलो पानी बग्ने आँखाको ज्योती टाठो पनि त छैन । तरपनि बाबु बसेको सहरको कोठासम्म मेरो ममता पुग्छकी भन्दै हेर्ने प्रयास निरन्तर गर्छु, बढ्दै गरेको घामको तेजले मेरो दृष्टिको दुरी घटाउदै जान्छ, घाम तेज हुदै जान्छ आँखाको दृष्टि घट्दैै जान्छ, छहरे खोलामा परेको घामको प्रकाश मेरो आँखामा ठोक्किन्छ, चारैतिर अध्यारो देख्छु, घाम तेज बढ्दै जान्छ…… लुम्बिनी टाइम्स दैनिकबाट साभार

प्रकाशित मिति: Sep 10, 2016

प्रतिक्रिया दिनुहोस्