Logo
१३ बैशाख २०८१, बिहीबार
(September 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नविना लामाले साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गर्ने !

nabina-lama
काठमाडौं, २५ भदौ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामाले आफूमाथि सामाजिक संजाल फेसबुकमा दुव्र्यवहार भएको भन्दै साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गर्ने बताएकी छन् । लामाले आफूलाई विभिन्न कार्यक्रममा जादाँ सम्मान स्वरुप आयोजकले ढाकाको खादा ओढाइ दिएको र उक्त तस्बिर फेसबुकमा पोस्ट गर्दा संस्कृति विरोधी भएको भन्दै अपशब्द प्रयोग गरेपछि आफ्नो आत्मसम्मान र न्यायका लागि साइबरक्राइम अन्तर्गतको मुद्दा दर्ता गर्न लागेको बताइन् ।

गत हप्ता फोटोपत्रकार क्लब पिजे क्लबले नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको फोटो प्रर्दशनी हेर्न जादाँ आयोजकले उनलाई सम्मान स्वरुप ढाकाको खादा ओढाइदिएको र उनले उक्त तस्बिर फेसबुकमा पोस्ट गरेपछि उनलाई बुद्ध र तामाङ संस्कृतिको विरोधी भएको भन्दै अशब्दको प्रयोग गरि गालीगलौज गरेका थिए । उनीहरुले लामाले आफ्नो राजनीतिक स्वार्थका लागि बुद्ध र तामाङ संस्कृति कुल्चिएको र क्षेत्री तथा बाहुनको धर्म सस्कृति अपनाएको आरोप लगाएका थिए ।

संस्कृति विरोधी भएको भन्दै अपशब्द प्रयोग गरेपछि आफ्नो आत्मसम्मान र न्यायका लागि साइबरक्राइम अन्तर्गतको मुद्दा दर्ता गर्न लागेको बताइन् । ‘नेपाल धर्म निरपेक्ष राष्ट्र हो, म यहाँ भएको सबै जात, भाषा र धर्मको सम्मान गर्छु,’ उनले भनिन्, ‘त्यसैले मैले खाँदा ओढ्दैमा म तामाङ सस्कृति व्यवहार विरोधी भए भन्नु सरासर गलत हो।’

प्रकाशित मिति: Sep 10, 2016

प्रतिक्रिया दिनुहोस्