Logo
१३ बैशाख २०८१, बिहीबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब गजल प्रगति र परिवर्तनको माध्यम

bidrohi-manharu-news-photo1

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का नेता एवं कार्यालय सदस्य मणि थापाले सबै माओवादीहरु एक भएको नेपाली जताको चाहना भएको र एकतामा नआउने कालान्तरमा गएर अस्तित्वहीन हुने पक्क भएको बताएका छन् ।  शुक्रबार राजधानीको संवाद डबलीमा नुवाकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चले आयोजना गरेको साहित्यिक श्रष्टा नारायण नेपालको ‘विद्रोही मनहरु’ नामक गजल संग्रहको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

नेता मणि थापाले दश वर्षे जनयुद्धलाई हाँकेर आएका प्रचण्ड, वैद्य र बाबुराम सबै बिग्रेर गइसके । तैपनि नेपली जनताले पहिलो पुष्ताका यी नेताभन्दा अरुलाई विश्वास गर्न नसेको बताएका । थापाले समयको माग र जनचाहना अनुसार कुनैपनि हालतमा यी नै पहिलो पुस्ताको नेतृत्वमा माओवादी एकता भएमा मात्रै माओवादीको अस्तित्व जोगिने धारणा राखे । थापाले गजलकार नेपालको गजल संग्रह नयाँ शिराबाट आएको र प्रगतिशील भएको भन्दै शुभकामना दिए ।

त्यसैगरी नेकपा(माओवादी)का नेता तथा प्रगतिशील लेखक अनिल सर्मा ‘विरही’ले सर्र्र्जक नरायण नेपाल एक सम्भावना बोकेका युवा सहित्यकार भएको धारणा राखे । गजल ‘विद्रोही मनहरु’को चर्चा गर्दै नेपाली साहित्य क्षेत्रबाट परिवर्तनकारी आन्दोलनलाई गजल माध्यमबाट महत्वपूर्ण योगदा दिएको बताए । त्यसैगरी, सहित्यकार युग पाठकले सर्जक नेपालको प्रगतिशील गजल संग्रह भएको र यसले परम्परागत गजल मूल्य मान्यत भन्दा फरक सामाजिक चेतना, परिवर्तन र क्रान्तिकारीतालाई गजल संग्रहले स्थापित गर्न खोजेको धारणा राखे ।

प्रगतिशील लेखक निभा साहले क्रान्तिकारीहरु आफ्नो विचारमा अडिग नरहेसम्म यसको मूल्य मान्यताको रक्षा हुन नसक्ने धारणा राखिन् । कार्यक्रममा नेकपा(माओवादी) सिन्धुली जिल्ला सेक्रेटरी तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष राजु कार्कीले गजल, गीतले जनताको मर्म र समृद्ध बोक्न सक्नुपर्ने बताए । क्रार्यक्रममा वक्ताहरुले गजल संग्रहको चर्चा गरे ।

गजलकार नेपालले रसरंग, मायाप्रेममा मात्र केन्द्रित बनेको गजल माओवादी आन्दोलनले प्रगति र परिवर्तनको माध्यम बनेको बताए । आगामी दिनमा आफू गजल विधालाई परिवर्तनको सशक्त माध्यम बनाउन लागि पर्ने बताए ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्