Logo
१५ चैत्र २०८०, बिहीबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दार्जलिङ पुग्यो “उफ यो मन” छायांकन युनिट !

uffyo-man

निर्देशक सुरज चन्दको निर्देशनमा एती बेला फिल्म “उफ यो मन” को छायांकन भैरहेको छ । दार्जलिङको सुन्दर दार्जलिङ्र रमणीय स्थानहरुमा छायांकन भैरहेको यस फिल्ममा नायक रोहित रुम्बा र एसराज गराज प्रमुख भूमिकामा देखिका छन् । कलेज अद्ध्यनरत युवा पुस्ताको प्रेमकथामा आधारित रहेर निर्माण हुने फिल्म “उफ यो मन” को शुक्रबारबाट दार्जलिङको चौरस्ताबाट छायांकन सुरु भएको छ । फिल्मको युनिट ३५ दिनको सेडुलमा दार्जलिङ पुगेको हो ।

अनुराधा फिल्मस इन्टरनेसनलको ब्यानरमा निर्मात्री अनु शाहले निर्माण गर्न लागेको यस फिल्ममा नायक रोहित रुम्बा फरक भूमिकामा दर्शकमाझ देखा पर्ने भएकाछन् । अनुले एसअघि चलचित्र “भिमदत्त” मा लगानी गरेकी थिइन्। त्यस्तै यस अघि “तोरी लाहुरे” फिल्ममा अभिनय गरेर सफल कलाकारको रुपमा चिनिएका रोहितले ‘चलचित्र ‘उफ यो मन ” मा अभिनय पश्चात लगातार आफ्नै निर्माणमा फिल्म ‘नेप्टे” निर्माण पनि गर्ने भएका छन् ।

यस पटकको बडा दशैँ पनि ‘उफ यो मन ” कै सेटमा मनाउने बताउंदै रोहितले हामि संग भने “सबै भन्दा ठुलो म आफ्नो काम लाई मान्यता दिन्छु , कर्म गरे मात्र फल पाइन्छ भने कुरामा म बिस्वास गर्छु , यो पटकको दशैँ यतै दार्जलिङमा मनाउछु आफ्नै युनिट संग तर तिहार भने नेपालमा नै मनाउछु ” ।

भारतको सिक्किम , दार्जलिंग लगायत बलिउड फिल्म खिचेका स्थानहरुमा छायांकन गरिने यस फिल्ममा नायक रोहित रुम्बा संगै एसराज गराज , दिपक क्षेत्री , समिता गिरि अमी दाहालको अभिनय रहने यस फिल्मलाई राजु बिक्रम थापाले खिच्नेछन भने फिल्ममा कमल राईको डान्स कोरियोग्राफी रहने छ । सानुकुमार महर्जनको दोन्द रहने यस फिल्ममा महेश खड्का र रमेश थापाको संगीत राजेश पाएल राई । सचिन राई लगाएतकाको स्वोर रहेन छ ।

uffyoman

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्