Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जननेता  बिपी कोइरालाको जन्मजयन्ती मनाइँदै

bp-jyanti

काठमाडौं, २४ भदौ  । जननेता विश्वेवश्वरप्रसाद कोइरालाको एक सय तीन औ जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।नेपालको राजनीतिक विकास क्रममा आदर्श राजनीतिज्ञका रुपमा स्थापित कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो ।

कोइरालाले पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइराला विसं २००७ अगाडि भद्रगोल नजिकैको कारागार जीवनमा थिए । कोइराला नेपाली समाजको गतिशीलता र प्रगतिका लागि चिन्तित थिए । नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरे ।

उनले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक काँग्रेससँग एकीकरण गरी कोइराला सभापति बने । विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषद्मा उनी गृहमन्त्री बनेका थिए ।

विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरे । विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले उनको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बसेका थिए ।

बिपी सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत थिए । उनका ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता कृति प्रकाशित छन् ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्