Logo
६ बैशाख २०८१, बिहीबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रको प्रमूख सचेतकमा बस्नेत  चयन

maouwadi
काठमाडौं  २४ भदौ, । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको प्रमूख सचेतकमा सांसद टेकबहादुर बस्नेत चयन भएका छन । शुक्रबार बिहान प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न दलको बैठकले बस्नेतलाई प्रमूख सचेतकमा चयन गरेको हो ।

बैठकले प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपनेता टोपबहादुर रायमाझी, प्रमूख सचेतक टेकबहादुर बस्नेत, सचेतक सीता नेपाली, सांसदहरु गीरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, शक्ति बस्नेत, प्रभू साह, गणेशमान पुन, रेखा शर्मा, रामनारायण बिडारी, सन्तु दराई, शिबकुमार मण्डल रहेको संसदीय बोर्ड गठन गरेको छ ।

बैठकले संसदीय बोर्डको कार्यविभाजन पनि गरेको छ । बैठकले सांसद बस्नेतलाई प्रमूख सचेतक, सांसद रामनारायण बिडारीलाई बोर्ड सचिवको जिम्मेवारी दिएको छ । त्यसै गरी सांसद अग्निप्रसाद सापकोटालाई संसदीय सुनुवाई समिति, प्रदेश संयोजकको जिम्मेवारी १ नं. मा शिबकुमार मण्डल, २ नं. मा रामसिंह यादव, ३ नं. मा सन्तु दराई, ४ नं. मा कृष्ण धिताल, ५ नं. मा डोरप्रसाद उपाध्याय, ६ नं. मा महेन्द्रबहादुर शाही र ७ नं. मा हरिलाल ज्ञवालीलाई दिने निर्णय बैठकले गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय, प्रादेशिक र संघीय निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने जानकारी गराउँदै दलको भूमिका प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्