Logo
७ बैशाख २०८१, शुक्रबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस मञ्च महोत्तरी शाखाद्धारा सहिदको सम्झनामा श्रद्धाञ्जली सभा

press_manch_jaleswar

जलेश्वर २३ भदौ । गत वर्ष जलेश्वरमा भदौ २३ र २५ गते प्रहरीको गोलीबाट मारिएका ६ जना सहिद तथा मधेश आन्दोलनका सहिदहरुको सम्झनामा बिहीबार प्रेस मञ्च महोत्तरी शाखाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

मञ्चका अध्यक्ष घनश्याम भगतको अध्यक्षता र सहिद परिवारहरुको विशेष उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो । गतवर्ष आजैको दिन प्रहरीको गोली लागि अमित कापर, राम विवेक यादव र रोहन चौधरीको मृत्यु भएको थियो ।

त्यस्तै २५ गते विरेन्द्र विच्छालाई काठमाडौस्थित नर्भिक अस्पतालले मृत घोषित गरेका थिए । २५ गते नै प्रहरीले गोली चलाउदा रामशिला देवी यादव र गणेश चौधरीले सहादत प्राप्त गरेका थिए ।

श्रद्धाञ्जलीका लागि कार्यक्रममा उपस्थित सदभावना सहमहासचिव सुरिता साह, सह महामन्त्री देवेन्द्र यादव, तमलोपा केन्द्रिय सदस्य ईन्द्र राज सिंह(गुडमर्निंग) लगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले सहिदहरुको सपना साकार पार्ने बताएका थिए ।

त्यसतै नेपाल पत्रकार महासंघ महोत्तरीका पुर्व अध्यक्ष दशरथ भण्डारीले मधेशवादी दलहरु सहिद परिवारको भरन पोषण तथा अन्य विभिन्न समस्याहरु बारे गम्भीर भै नसोचिदिएकोमा चिन्ता व्यक्त गरेका थिए ।

उनले सरकारले दिएको १० लाखको मासिक बयाज मात्र सहिद परिवारले वैंकबाट झिक्न पाउने हुनाले मधेशवादी राजनितिक दलहरुले गम्भीर भई सोचिदिनु पर्ने जिकिर गरे ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्