Logo
२ भाद्र २०७९, बिहीबार
(September 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजन कार्कीको विचार: माखेसांग्लोमा प्रधानमन्त्री !

राजन कार्की
राजन कार्की

मार त मार, ह्यामार, यस्तै माखेसांग्लोमा फसेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल । असोज ३ गते संविधानको जन्मोत्सव धुमधामस“ग मनाउन उनले आफ्नै अध्यक्षतामा विशेष समिति गठन गरेका छन् । ३०, ३१ र १ गते भारतको राजकीय भ्रमण सम्पन्न गरेर फर्कने र २ गते आराम गरेर ३ गते धुमधामस“ग संविधान दिवस मनाएर नेपाली राजनीतिमा फाइटर किङकङले जस्तै बिजयी शिर उठाएर धमाकेदार भाषण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको इच्छालाई एमालेले चकनाचूर पारिदिएको छ ।एमालेको सर्त छ– विशेषदूतमार्फत भारतीय प्रधानमन्त्रीलाई लेखेको पत्र पहिले सार्वजनिक गर अनिमात्र संवादमा बसिन्छ ।

एकातिर प्रमुख प्रतिपक्षीको यस्तो अडान, अर्कोतिर भारत जानुअघि संविधान संशोधन नहुने भयो । संविधान संशोधन गर्न भारतस“ग चिठी लेखेरै सहयोग माग्ने प्रधानमन्त्री, सहयोग दिन भारत तैयार भएको समाचारले एमाले नराम्ररी बिच्किएको छ । मधेसी मोर्चालाई खुश पार्नेगरी संविधान संशोधन गर्न नसकेकाले भारतको बेखुसी र असन्तुष्ट मधेसी मोर्चाले संविधान दिवसका अवसरमा कालोझण्डा र ब्ल्याकआउट गर्नेसम्मको बिरोध कार्यक्रम सार्वजनिक गर्दा प्रचण्ड माखेसांग्लोमा बा“धिएर निसास्सिन पुगेका हुन् ।

नेपालको परराष्ट्रनीति भनेको असंलग्न र समदूरीको सिद्धान्त हो । चीन र भारतमा विशेष दूत पठाउ“दा चीनतिर गएका कृष्णबहादुर महराको हात रित्तै थियो भने भारततिर गएका बिमलेन्द्र निधिको हातमा गोप्य खाम थियो । गोप्य खामभित्र भएको चिठीमा के लेखिएको थियो ? त्यो जान्न खोजेको एमालेले, जान्नकै लागि सडकदेखि संसदसम्म प्रश्न उठिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल न समदूरी, न असंलग्नता, न भूराजनीतिमै खरो उत्रिन सके । पदीय मर्यादा र राष्ट्रिय गौरवमा चिप्लिन पुगेका पुष्पकमल दाहाल पाखामा पाहा पछारिएझैं पछारिन थालेका छन् ।

सूचनाको हकको वकालत गर्ने सूचना आयोगका आयुक्त पूर्वसचिव कृष्णहरि बास्कोटा र उनको टिमको जिब्रो तालुमा टा“स्सिएको छ । संसदले बनाएका प्रधानमन्त्रीले छिमेकी देशको प्रधानमन्त्रीलाई लेखेको पत्र स्यालको सिङ हराएझैं हरायो, गैंडाले आची लुकाएझैं लुकाइयो । किन ? सूचना आयोग पनि प्रधानमन्त्री कार्यालय अधीनको निकाय बन्न पुगेको हो त ?

एक देशका प्रधानमन्त्रीले अर्को देशका प्रधानमन्त्रीलाई पत्र लेख्नु, कूटनीतिक सौहाद्रता प्रदर्शन गर्नुले बिग्रेको सम्बन्ध सामान्यीकरण र भएको सम्बन्धमा सुमधुरता बढाउ“छ । कूटनीतिमा यो सामान्य व्यवहार हो । तर, संसदबाट बनेको प्रधानमन्त्रीले संसदमै कुरा उठिसकेपछि आपूmले लेखेको पत्र पोकोपुन्तरो बनाएर लुकाउनुपर्ने कारण छैन । सबैको मनमा परिसक्यो– दालमे कुछ काला है ।

यसरी लुकाउनु भनेको पक्कै पनि त्यो पत्रमा आपत्तिजनक शव्द लेखिएका छन् भन्ने आशंका बढ्नु हो । आशंका असारे भेल उर्लेझैं उर्लिसक्यो । यही आशंकाले राजनीतिक अविश्वास बढाउने, सहज स्थितिलाई असहज र संग्लो वातावरणलाई प्रदूषित पार्ने काम गरिरहेको छ । दिल्लीको राजकीय घुमघाम लगत्तै संविधानको धुमधामस“ग जन्मोत्सव मनाउने प्रधानमन्त्री पुष्पकमल दाहालको मनोकांक्षा अहिलेदेखि नै अमिलो, तीतो, टर्रो, कोक्याउने हुन थालिसक्यो ।

९१ प्रतिशत जनमतले जारी गरेको संविधान कार्यान्वयन हुनसकेन । जारी गर्ने शक्तिहरु बिभाजित भएका छन् । जनताले अपनत्व स्वीकार गर्नै सकेनन् । संविधानका अगाडि खोलो, पछाडि खाल्डो बनेको छ । खोलो तर्न तोक्मा खोज्दाखोज्दै समय घर्कदैवर्षदिन बितिसक्यो । स्थिति यसरी बिग्रिसक्यो कि नेताहरुलाई खतिको बेला मति आउ“दैन भनेजस्तो भएको छ ।

३० वर्ष पञ्चायत चल्यो, ०४६ सालमा पञ्चायत ढलेपछि पञ्च–महापञ्चहरुले जिम्मेवारी बहन गरेनन् । बहुदल आयो, २७ वर्ष प्रजातन्त्र चल्यो र लोकतन्त्रका नाममा पुनर्जन्म भयो । प्रजातन्त्रका सारथी, रथी, महारथी कसैले पनि त्यो कालखण्डको जिम्मेवार लिएनन् । त्यही प्रजातन्त्रको समय थियो २०५८ साल । जेठ १९ गते ३ हजार सेनाले पहरा दिएको राजा वीरेन्द्रका बंशै बिनास भयो । प्रधानसेनापति थिए– प्रज्ज्वलशमशेर जबरा । आफ्नै परमाधिपतिको सुरक्षा दिन नसकेकोमा ती प्रधानसेनापतिले पनि जिम्मा लिएनन् ।

दरवारबाट पोषित पुरुष हुन् रमेशनाथ पाण्डे, जनताको छोरो हु“ भन्ने प्रधानसेनापति थिए छत्रमान सिंह गुरुङ, राजाकै एडीसी थिए– विवेक शाह, लामो समय राजाका प्रमुख सचिव बनेका रेवतीरमल खनाल– जो जो नेपाली सेना र दरवारमा जागीरे थिए ती सबैले आत्मबृतान्त लेखेलेखाएर आत्मप्रशंसा गरिरहेका छन् । दरवारको खोइरो खन्ने र लिक गर्नै नहुने गोप्यताहरु पनि भङ्ग गरेर आफू पनि क्रान्तिकारी, योग्य र ऐतिहासिक भएको झ्याली पिटिरहेका छन् । कसैले आफ्नो कार्यकालको जिम्मेवारीवोध गर्न सकेनन् ।

आफ्नो लेखनले वर्तमान र भावी पुस्तालाई, शासनव्यवस्थालाई के कति लाभ पु¥याउन सक्छ भन्नेतिर कसैको पनि ध्यान गएको देखिदैन ।लोकतान्त्रिक नामको हावादारी कवच धारण गरेर सबैले आफूले आफैलाई मकै नङ्ग्याएझैं नङ्ग्याइरहेका छन् । नेपालको इतिहासको कालखण्डमा जसरी राजेन्द्र लक्ष्मी र बहादुर शाहको दरवारी दुईगुट बनँएर षडयन्त्र भइरह्यो, काजी दामोदर पा“डे, बंशराज पा“डे काटिए, राजकुमार बहादुर शाहको रहस्यमय मरण हुनपुग्यो । रणबहादुर शाह पनि काटिएकै हुन् । भीमसेन थापाले केही देशघातीलाई काट्न लगाए, केहीलाई ज्यू“दै पोलेको इतिहास पनि छ तर पछि आफै सेरिएर मरे ।

मामा माथवर सिंहलँई मारेर जंगबहादुरले राजेन्द्रलक्ष्मीबाट पदोन्नतिमात्र पाएनन्, प्रधानसेनापति नै बने । शक्तिको करिडरमा देखिने आश्चर्यजनक घटनाहरुमध्ये कोतपर्व पनि हो, जसले १ सय ४ वर्ष लामो राणा शासन जन्माएको थियो । २०६३ सालपछिका राजनीतिक चक्रवात भोगेका आमनेपाली लोकतन्त्र पनि त्यस्तै भयो भनेर प्रतिक्रिया व्यक्त गर्न थालेका छन् । २०४६ सालमा विदेशीका सामु होइन, जनताका सामु झुक्छु भन्ने राजा वीरेन्द्र हुन् । उनको हत्यामा खुनी हात जसको होस्, त्यही खुनी हातले २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गरायो ।

जनआन्दोलनको १२ वर्ष र गणतन्त्र आएको ९ वर्षमा पनि गणतन्त्रको रुपरंग, बास्नाव्यवहार लोकले थाहा पाउन सकेनन् । किन ? किनभने अहिले पनि जिम्मेवारी लिन कुनै नेता तैयार छैनन् । नया“ नेपाल बनाउन हिडेका नेताहरु साबुत नेपाललाई सिध्याउन अग्रसर भएपछि राष्ट्र संक्रमणबाट महासंकटमा फस्न पुगेको छ ।आरु फुल्दा घर, पैंयु फुल्दा माइन । यही हो नेपाली राजनीति । निरंकूशता विरुद्धको जनआन्दोलनको मागलाई धर्मनिरपेक्षतामा रुपान्तरण किन गरियो ? संघीय पद्धति माग नै थिएन, जाति, भाषा, भेष, क्षेत्रको मुद्दा निकालेर १२६ जातिको नेपालमा १७० दल दर्ता गरेर नेपाललाई यदुबंशीको बिनासलीलाको युद्धभूम तैयार गरेर धकेल्ने प्रपञ्च किन हु“दैछ ? हाम्रो राष्ट्रिय धर्म–संस्कृति, राष्ट्रिय–अन्तर्राष्ट्रिय मूलनीति, राष्ट्रिय पर्व, राष्ट्रिय पोसाक के हुन् र त्यसमा राष्ट्रिय सहमति र प्रतिवद्धता किन छैन ?

सर्वमान्य सवालहरुको निराकरण भएको भए प्रधानमन्त्रीको भारत भ्रमणमा सर्वदलीय एजेन्डा हुनसक्थ्यो, प्रधानमन्त्रीको नैतिकबल उ“चो रहन्थ्यो । प्रधानमन्त्रीले लेखेको पत्र संविधान संशोधन, कार्यान्वयनमा माखेसांग्लो बनेर खडा हुनेथिएन । मुलुक सकसमा छ, मुलुकबासी विपतमा छन्, सत्ताधारी र विपक्ष राजनीतिकर्मीहरु उत्पात मच्चाउन थालेका छन् । यिनको बेमेलले कूशासन र विदेशी चलखेल बढाउने मैदान प्रसस्त गरिदिएको छ । हामी स्वाभिमान सा“घु¥याउ“दैछौं, षडयन्त्रकारीहरु हाम्रो छातीमा परेड खेलिरहेका छन् । यिनलाई लागेको छ– अझै पनि राजतन्त्रलाई दोष दिएर उम्किन सकिन्छ । २०६३ सालपछि राजतन्त्रले परिवर्तनका पाइलाहरुमा बाधा बनेन । २०६५ सालमा राजतन्त्र उन्मूलन गरिएपछि आजसम्म पूर्वराजाले नागरिक दायित्व निर्वाह गरेका छन् ।

अझै आफ्ना असक्षमता, अकर्मण्यता, गैह्रजिम्मेवारीमा पूर्वराजालाई दोषी देखाउन मिल्छ ? आज राजा छैनन, दरवार पनि छैन । फेरि किन राजतन्त्रमाथि राजनीतिक दलहरु खोइरो खनिइरहेका छन् । सा“च्चै पूर्वराजा कि चपरीमुनीको बास, कि हस्तिनापुरको राज भनेर जनतामाझ निस्किए भने के हुन्छ ? त्यसै पनि कुलकुलान, क्षेत्रपाल, भूतप्रेतलाई स्थान स्थानमा राख्ने चलन छ । किन यथास्थानमा इतिहासलाई स्थान नदिने ? इतिहासबाट शिक्षा र सहयोग नलिने ? आगेवमा गल्ती गरेर, फुर्सदमा पछुताउने ? र, यी तिनै अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल हुन्, जसलाई २०७२ साल असोज ३ गते संविधान घोषणा गर्न केही रोक भन्न नेपाल आएका भारतीय विदेश सचिव जयशंकरले बन्द कोठाभित्र तपाईंहरूलाई यो हैसियतसम्म पु¥याउने भारत हो भन्ने नबिर्सनोस् भनेका थिए ।

त्यतिबेला इन्तु न चिन्तु प्रचण्डले मुख फर्काएनन्, पछि पार्टी बैठकमा भारतीय हस्तक्षेप बढ्यो भनेर प्रतिक्रिया जनाएका थिए । एउटा कार्यक्रममा आमजनतालाई राष्ट्रियताको रक्षाका लागि एकजुट हुन आह्वान पनि गरेकै हुन् । नाकावन्दीका समयमा तेल नदिए साइकल चढिन्छ भन्ने पनि यिनै पुष्पकमल हुन् । यी पुष्पकमलले साइकल चढेर सिंहदरवार जाने हिम्मत नै गरेनन्, बरु भारतीय राजदूतस“ग दिनहु“ सम्पर्क, सम्वाद र सौहाद्र्र व्यवहार पो देखाइरहेका देखिन्छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीलाई लखेको पत्र जनताको माझ र सार्वभौम संसदमा लेटरबमका रुपमा बिस्फोट भएर राष्ट्रघाती धुवा“को मुस्लो निस्केको छ । प्रधानमन्त्रीले लेखेको चिठी जनता र संसदले थाहा पाउनु हुन्न भने कस्तो चिठी रहेछ त्यो ? कतै प्रधानमन्त्री मोदीको गोठालो बन्न तैयार भएको छ होइन ? प्रधानमन्त्री पुष्पकमल दाहाल विदेशी हस्तक्षेप स्वीकार गर्न अग्रसर भएका त होइनन् ।

प्रधानमन्त्री पुष्पकमल नम्र र बिनम्र भएकै कारण तय भइसकेको औपचारिक भ्रमणलाई दिल्लीले राजकीय स्वरुपमा परिवर्तन गरिदिएको हो भने यो पुष्पकमल पुरस्कृत भएको हो, नेपालको हैसियत बढेको होइन भन्ने कूटनीतिक अर्थ पनि लाग्न थालेको छ । आफ्नो राष्ट्रको माखेसांग्लो आफूआफूवीच अन्तरक्रिया, अक्किल र बुद्धि लगाएर सुल्झाउनुपर्छ । स्थिति आफ्नै काबुमा राख्नुपर्छ, अरुको चलखेलले परेको गा“ठो अरुलाई फुकाउन आग्रह गर्दा अन्यत्रीले आफ्नैलागि न्याय गर्छ, हाम्रा लागि होइन । प्रधानमन्त्री पुष्पकमलजी, पदीय मर्यादाबाहिर गएकै कारण १९७५ सम्म सिक्किमको राष्ट्रियफूल सुनाखरी, त्यसपछि प्रान्तीय फूलमा परिणत भएको हेक्का रहोस् ।

प्रकाशित मिति: Sep 8, 2016

प्रतिक्रिया दिनुहोस्