Logo
१३ बैशाख २०८१, बिहीबार
(September 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सदभावना अध्यक्ष अनिल झाको हत्या योजना बनाउने पक्राउ !

SP-Regm,i

रौतहट । नेपाल सदभावना पार्टीका अध्यक्ष पूर्व उद्योगमन्त्री अनिल कुमार झाको हत्या गर्ने योजना बनाइरहेको र बिभिन्न व्यक्तिहरुलाई धम्की दिँदै रकम संकलन गरेको आरोपमा एक समूहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।  उनले रौतहट मुडवलवाको नेमधारी उच्च माविका प्रधानाध्यापक रवि शंकर यादवलाई पनि फोन मार्फत धम्की दिँदै ५० लाख रुपैयाँ मागेका थिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मुडवलवा ३ का मुन्नाकुमार यादव र बगही १ का अबधलाल महतो छन् । यादव मुख्य योजनाकार हुन् । उनैले राजेन्द्र महतो नेतृत्वका सदभावना पार्टीका रौतहट जिल्ला अध्यक्ष शेष जमसेदसँग पूर्वमन्त्री झाको हत्यामा सहयोग गर्न भन्दै २० लाख रुपैयाँ मागेका थिए ।

प्रधानाध्यापक यादव र जमसेदले प्रहरीलाई दिएको सूचनाको आधारमा मुन्नाकुमार र अवधलाललाई पक्राउ गरिएको रौतहटका प्रहरी उपरिक्षक गणेश रेग्मीले जानकारी दिए ।  प्रहरीका अनुसार पक्राउ परेका यादवले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नक्कली आइडी बनाएर पूर्वउद्योगमन्त्री अनिल झा र उनको परिवारका सदस्यको हत्या गर्न सहयोगका लागि भन्दै जमसेदसँग रकम मागेका थिए ।

Anil-Jha-lai-marna-mageko-help

उनीहरुले मार्न टार्गेट गरिएको व्यक्ति भन्दै झा र उनको परिवारका सदस्यको फोटो जमसेदको फेसबुक म्यासेन्जरमा पठाएका थिए ।प्रधानाध्यापक यादवको मोबाइलमा फोन गरेर ५० लाख रुपैयाँ नदिए मार्ने र विद्यालय तथा छात्रावासमासमेत विष्फोट गराएर ध्वस्त बनाइदिने यादव र महतोले धम्की दिएका थिए ।
झाको हत्या योजना र प्रधानाध्यापक यादवलाई धम्की दिएको सूचना प्रहरीसमक्ष पुगेपछि प्रहरीलाई किन उजुरी गरेको भन्दै उनीहरुले आफूहरु पेशेवर अपराधी भएको र अब ठूलो मूल्य चुकाउन तयार रहनू भन्दै धम्की दिएका थिए ।

पक्राउ परेकाहरु उपर जबरजस्ती असुली, अपहरण उद्योग, नागरिकता किर्ते र संगठित अपराध जस्ता कसुरमा मुद्दा दायर गरी अनुसन्धान तथा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रेग्मीले बताए ।

प्रकाशित मिति: Sep 7, 2016

प्रतिक्रिया दिनुहोस्