Logo
१३ बैशाख २०८१, बिहीबार
(September 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति पुटिनको कार दुर्घटनाग्रस्त, चालकको मृत्यु (भिडियो सहित)

Vladimir-Putin's-

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटनाग्रस्त हुँदा उनका चालकको मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्ययमका अनुसार पुटिनको बीएमडब्ल्यू कार दुर्घटनाग्रस्त भएको हो । पुटिनको कारलाई विपरीत दिशाबाट आएको अर्को कारले ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

रुसी परिषदको माथिल्लो सदनमा पञ्जीकृत भएको उक्त कार पुटिनका अनुभवी चालकले चलाएका थिए । पुटिनको कारसँग ठक्कर खाएका मर्सिडिज कारका चालक भने गम्भीर घाइते छन् ।  रुसी अधिकारीहरुले दुर्घटनामा मृत्यु भएका चालकको परिचय भने अझै खुलाएका छैनन् ।

मृतक चालक चार दशकअघिदेखि रुसको सरकारी सेवामा कार्यरत रहेको र पछिल्लो समय राष्ट्रपति पुटिनका विश्वासिला चालक थिए । अन्तराष्ट्रिय सञ्चार माध्ययमले कार दुर्घटना हुँदा पुटिन भने कारमा नरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Sep 7, 2016

प्रतिक्रिया दिनुहोस्