Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिचानवादी नेता प्रति श्रद्धाञ्जली तथा शोक सभा

P1020845बिजय कुमार मगर, दोहा कतार  । नेपालको हरेक संरचनामा भईरहेको एकल जातिय, एकल भाषिक, एकल सांस्कृतिक, एकल धार्मिक एकाधिकारको अन्त्य गरि मुलुकमा रहेको वास्तविक विविधतालाई सस्थागत गर्दै समानताका लागि जातिय जनसंख्याको आधारमा समानुपातिक समावेशी नीति बनाउनु पर्दछ भनेर अभियान चलाउने एक प्रमुख अभियानता तथा नेपाल मगर संघ केन्द्रीय समितिको चार कार्यकाल अध्यक्ष पदमा रहेर सफतापूर्वक संघ सञ्चालन गर्नेे, श्रद्धेय महान नेता पुर्व माननीय महिला वालवालिका तथा समाज कल्याण मन्त्री स्व.गोरेबहादुर खपांङ्गीमगरको लामो समय देखि उपचार गराईरहेको अबस्थामा मिती २०७३ भाद्र ११ गते शनिवार राती १०ः२२ बजे असामायिक निधनमा दुख ब्यक्त गर्दै उहाँको पाँचौ दिनको पुन्य तिथि पारेर मिति ३० अगस्ट २०१६ तारीख बुधबारका दिन दोहाको अल सफिर रेस्टुरेन्टमा केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा हार्दिक श्रद्धाञ्जली तथा शोकसभा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाती महासंघका अध्यक्ष सियाराम चौधरी, नेपाल मगर संघ केन्द्रिय समितिका पुर्व सल्लाहकार तथा मगर सेवा समाज ललितपुर जिल्लाका बर्तमन अध्यक्ष मान बहादुर बुढामगर, एन आर एन (एन.सि.सि)का कोषाध्यक्ष भेषराज पराजुली, किराँत राई यायोख्खा, शाखा कतारका अध्यक्ष अमृत राई, नेपाल प्रवासी तामाङ समाजका उपाध्यक्ष तिर्थ थिङ लामा, प्रवासी भुजेल समाजका अध्यक्ष नियम भुजेल, नेपाली जनसम्पर्क समिति कतार सभापति केशव भुषाल, प्रवासी नेपाली मंच, कतारका अध्यक्ष रामहरी गैरे, संघिय समाज कतारका अध्यक्ष चन्द्रसेर राइर्, अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) प्रवक्ता ध्रुब छेत्री, नेपाल प्रवासी आदिवासी जनजाती महासंघका सल्लाहकार शुक बहादुर तामाङ, नेपाल मगर संघ, शाखा कतारका सल्लाहकारहरु डि.एन मगर, रमेश कनौजे मगर र समाजसेवी तथा बुद्धिजिवी भरत सिंह बुढामगर, प्युठान सेवा समितिका उपाध्यक्ष बलदेव रानामगरको उपस्थिती रहेका थिए भने कार्यक्रम केन्द्रिय महासचिव बिजय मगरले संचालन गरेका थिए ।

स्वर्गिय पुर्व मन्त्री तथा नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष गोरे बहादुर खपाङी मगरको सम्झनामा १ मिनेट मौनधारण गरी सुरु गरिएको कार्यक्रममा उहाँको फोटोमा माल्र्यार्पण र धुपबत्ती वाली उहाँको आत्माको लागी  चिर शान्तिको कामना गरीएको थियो ।
कार्यक्रममा बत्ताहरुले उहाँ एक कुशल र निडर नेता रहेको साथै उहाँ एक स्पष्ट वक्ता भएको र उहाँलाई खाली मगर र आदिवासी जनजाति समुदायको मात्र नेता नभएर सिङ्गो नेपाल देशको नेता रहेको जिक्री गरिएको थियो । साथै उहाँको देनहरुको बारेमा बताउदै उहाँ एक पहिचानबादी नेता रहेको र आज उहाँलाई गुमाउनु पर्दा सिङ्गो आदिवासी जनजाति समुदायमा ठुलो असर परेको साथै उहाँले देखाएका बाटोमा हिंड्न् आग्रह गर्नु भयो ।

अध्यक्ष महेन्द्र थपा मगरले उहाँको जिवनी वारेमो प्रस्टाउनु हुंदै स्व. गोरे ब. खपाङीको जन्म उदयपुर जिल्ला, थाक्ले दमैडाँडाको जल्केनी भन्ने गाउँमा स्वर्गिय वुवा अमृत ब.खपाङ्गी मगर र स्वर्गिय आमा पदममाया खपाङ्गी मगरको कोखवाट दोस्रो सन्तानको रुपमा २००३ साल साउन २५ गते भएको थियो । महोत्तरी गौशला स्थित त्रिभुवन माध्यामिक विद्यालयवाट वि.सं.२०२० सालमा म्याट्रिक पास, रामसागर बहुमुखी क्याम्पस जनकपुरमा प्रमाण पत्र तहको पढाई, त्रिभुवन विश्वविद्यालयवाट शिक्षा शास्त्रको अंग्रेजी साहित्यमा स्नातकोत्तर (एम.ए.) गर्नु भएका सुर्ति विकाश कं.को हाकिम, यसरी नै विराटनगर जुट मिलको हाकिम हुँदै वि.सं. २०२९ सालमा  रामेछाप जिल्लाको गौरीशंकर माध्यामिक विद्यालयमा प्रधानाध्यापक भएर शिक्षण पेशा अंगाल्नु भएको थियो ।

निर्दलिय पञ्चायत ब्यवस्थाताका मगर जाति लगायत एकात्मक सत्ताद्धारा भाषिक, धार्मिक र सांस्कृतिक रुपले उत्पिडनमा पारिएका आदिवासी जनजातिहरु लगायत सम्पूर्ण उत्पिडित र उपेक्षित समुदायको पक्षमा वकालत गर्दै भूमिगत शैलिमा जनचेतनामुलक कार्यहरु गरेको अनि रामेछाप र दोलखा जिल्लामा अध्यापनरत शिक्षकहरुलाई संगठित गरी बहुदलिय ब्यवस्था र संपूर्ण शिक्षकहरुको हक र अधिकारको पक्षमा वकालत गर्दै हिंडेको मा उहांलाइै गिरफ्तार गरी १४ महिना कारावासको  सजाय भोग्नु भएको थियो ।

नेपाल मगर संघ, केन्द्रिय समिति काठमाण्डौंको २०४८ देखि २०६० साल सम्म चार चार कार्यकाल अध्यक्ष जस्तो गरिमामय पदमा रहि काम गर्नु भई मगर जातिप्रति अमुल्य योगदान दिनु भएको थियो । उहाँ आदिवासी जनजाति महासंको परिकल्पनाकार हुनुहुन्थ्योे । भाषिक, धार्मिक र सांस्कृतिक रुपमा राज्यले गरेको विभेदलाई अन्त्य गर्नका लागी नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध हुनका लागी सवै जातिहरु एकात्मक राज्यसत्तावाट उपेक्षामा परेकाले  गर्दा सवैलाई आहृवान गर्नु भएको थियो । उहाँ मन्त्रि भएको अवस्थामा नेपालमा पढाईने अनिवार्य संस्कृत शिक्षा हटाउन सफल हुनु भएको थियो ।
उहाँ नेपाल अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव २०७० को समारोहमा सहभागी हुनका लागी जानु हुँदै गर्दा बैशाख १२ गते २०७० साल तदअनुसार २५ अप्रिल २०१३ का दिन बा. ५१ प.७३७३ नं.को मोटरसाईकलको ठक्करवाट घाईते हुनु भएका स्व.गोरे ब. को टाउको र मस्तिष्कमा पानी जमेको कारणले विगत लामो समय देखि उपचार गराई रहनु भएका खपांगी को एक दुखद निधन हुन पुगेको छ ।
नेपालका ७५ वटै जिल्ला मा रहेका मगर वस्तीहरू चहार्दै हिंड्ने उहाँ पहिलो नेता थिए । उहाँको बाहुनवादलाई विरोध गर्ने शैली । अरुको जस्तो ठाडै हुन्नथ्यो । केही उदाहरण, तर्कसंगत, हुन्थे । उनी बोले एकतिर ताली बज्थ्यो । अर्कोतिर धारे हात लगाएर गाली आउँथ्यो । जातीय स्वायत्त, संघीय ढाँचामा उहाँले पहिल्यै खाका तैयार पार्नु भएको थियो । उहांमा बेजोड भाषण गर्ने कला, प्रष्ट शैली मा विचार राख्ने ब्यक्तित्व श्रद्धेय महान आदिवासी जनजाति का महान नेता तथा नेपालका नन्सेल मण्डेलाका रुपमा रहेका योद्धा मृत्युले सिंगो आदिवासी जनजातिलाई ठुलो गहिरो चाट पुगेको छ । एउटा अभिभावक गुमाएको छ ।
अन्त्यमा बोल्नुहुदै अध्यक्ष महेन्द्र थापा मगरले स्वर्गीय खपाङीको देनलाई मगरहरुको लागी मात्र नभएर नेपालको लागि ठूलो योगदान रहेको साथै उहाँलाई सम्पुर्ण मगर तथा गैरमगरहरु नेपालीहरुले सधै सम्झिरहने र नेपालीहरु को मन मष्तिस्कमा बसिरहेने छन र उहाँले देखेको सपना पूरा गर्न मगर संघ लागिरहने बताउदै मृतआत्माको चिर शान्तिका कामना गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरदै उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद दिंदै कार्यक्रम समापन गर्नु भएको थियो ।

प्रकाशित मिति: Sep 6, 2016

प्रतिक्रिया दिनुहोस्