Logo
७ बैशाख २०८१, शुक्रबार
(September 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतिय पत्रिकाको दावी: प्रचण्डले मोदीसँग माफी मागे !

Prachand-Modi

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको तयारीमा लागिरहेको बेला भारतीय मिडियाले उहाँलाई चढाउने र खुल्याउने अभियान चलाएका छन् ।

नेपालका संचार माध्यममा समेत खुल्याइएका प्रचण्डलाई भारतीय मिडियाले समेत खेदो खनिरहेका छन् । गएको साता हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री दाहालको विषयमा दुईवटा समाचार छाप्यो । पहिलो समाचार नेपाली पत्रकार प्रशान्त झाको नाममा लेखिएको समाचारमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री मोदीसँग माफी मागे भन्ने दाबी गरिएको छ ।

गत सोमबार प्रकाशित उक्त समाचारमा प्रधानमन्त्री दाहालले विमलेन्द्र निधि मार्फत मोदीलाई पठाएको पत्रमा आफूबाट विगत गल्ती भएको र अब गल्ती नदोहो¥याउने बचन दिएको दाबी गरिएको छ । दाहालको क्षमायाचनामा मोदीले स्वीकृति दिएको पनि समाचारमा उल्लेख भएको नेपालीपत्रले जनाएको छ ।

यस्तै सोही अखबारले गत बुधबार अर्को समाचार छापेको छ । जसमा प्रधानमन्त्री दाहालको दिल्ली भ्रमण अघि नै नयाँ दिल्लीले काठमाडौंमा हलचल ल्याउने तयारी थालेको दावी गरिएको छ ।

निकै लामो उक्त कथामा काठमाडौंलाई पूरै आफ्नो पकडमा राख्ने योजना अन्तर्गत भारतीय संयन्त्र काठाडौंमा परिचालित भएको र नेपालका प्रधानमन्त्रीको दिल्ली भ्रमण अघि नै त्यो मिसनको नतिजा देखिने दावी गरिएको छ । यी दुई समाचार मध्ये पछिल्लो समाचार निकै खतरनाक देखिन्छ । भारतीयहरु हल्लाको खेती गरेर फाइदा लिन पनि सिपालु छन् । तै पनि प्रधानमन्त्री दाहाल सचेत बन्नु चाँही आवश्यक छ ।

प्रकाशित मिति: Sep 3, 2016

प्रतिक्रिया दिनुहोस्