Logo
६ बैशाख २०८१, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेरणाको पक्षमा भएको फैसलाको पुनरावलोकन हुने

Sarwochh

काठमाडौं । दिवंगत राजा वीरेन्द्रको नाममा रहेको जग्गा र घरमा पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहको हक लाग्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकन हुने भएको छ । २०६३ जेठ ४ गतेको ऐतिहासिक संसदीय घोषणाले दिवंगत राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेको सम्पत्ति सरकारीकरण गर्ने घोषणा गरेको थियो । सोही नीति अनुसार सरकारले २०६४ पुस १ गते उक्त जग्गा नेपाल ट्रस्ट मातहत ल्याउने निर्णय गरेको थियो ।

सर्वोच्चका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले गतवर्ष दुई न्यायाधीशको संयुक्त इजलासले गरेको फैसलाको पुनरावलोकन हुने आदेश दिएको हो । सरकारले निर्णय गरेलगत्तै राजधानीको छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा र त्यसमा बनेको घर २०६३ सालमा दाइजोस्वरूप आफूले पाएको दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रप्रसाद राणाको संयुक्त इजलासले सरकारको निर्णय खारेजीको फैसला सुनाएको थियो । सर्वोच्चले प्रेरणाको नाममा भएको जग्गा उनकै स्वामित्वमा हुने आदेश पनि गरेको थियो । सर्वोच्चको फैसलाको पूर्णपाठमा भने सरकारले जग्गा नेपाल ट्रस्टको स्वामित्वमा ल्याउँदा तत्कालीन राजा वीरेन्द्र र उनका परिवारका नाममा भएको देखाउन नसकेको आधार लिई सम्पत्ति प्रेरणाकै हुने ठहर छ ।

प्रकाशित मिति: Sep 2, 2016

प्रतिक्रिया दिनुहोस्