Logo
६ चैत्र २०७९, सोमबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नव विवाहित जोडीहरु पोष्ट म्यारिज गर्ने प्रचलन बढ्दै

Cort

सुनसरी । परम्परा अनुसार वैवाहिक बन्धनमा बाधिएका नव विवाहित जोडीहरुले प्रचलित कानुनी मान्यता अनुसार पोष्ट म्यारिज गर्ने प्रचलन बढ्दै गएको छ । सुनसरी जिल्लामा स्थायी ठेगाना र बसोबास भएकाहरुले प्रशासन कार्यालयको मुद्दा फाँटमा आवश्यक संग्लन कागजात साथ आवेदन पेश गरि पोष्ट म्यारिज गर्ने गरिएको मुद्दा फाँटका प्रमुख कुमार न्यौपाने बताए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा विदेश जान चाहने र जाने अबसर प्राप्त भएका नव विवाहित जोडीहरुले निवेदन पेश गरि प्रमुख जिल्ला अधिकारीबाट विवाहको प्रमाणित कागज लिने प्रकृयालाई सरकारी कामकाजको भाषामा पोष्ट म्यारिज भन्ने गरिएको छ ।अघिल्लो बर्षको असारदेखी यो वर्षको भदौ सम्म सुनसरी प्रशासनबाट १८ जनाले पोष्ट म्यारिज गरेका छन ।

प्राय सवै जसो पोष्ट म्यारिजका लागी आउनेहरु विदेश जाने भएकाले जान चाहेको मुलुकको दुतावासले जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी बाट प्रमाणित प्रमाण पत्र माग गर्ने भएकाले नव विवाहिताहरु प्रशासनमा आउने गरेको मुद्दा फाँटका पर्शुराम घिमीरेले बताउँछन ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका नासु सुवोध नेपालका अनुसार अघिल्लो आब २०७२ /०७३ मा ३३ जनाले कोर्ट म्यारिज गरेका छन भने चालु वर्षमा ४ जना कोर्ट म्यारिज गरेका छन । यसै गरि अन्तरजातीय र प्रेम विवाह गरेका दम्पतीले सामाजिक र पारिवारिक रुपमा मान्यता नपाएपछि स्थानीय प्रशासनमा आएर विवाह दर्ता अर्थात कोर्ट म्यारिज गराउनेहरुको संख्या सुनसरी प्रशासनमा एक वर्षमा तीन दर्जन रहेका पाईएको छ ।

प्रकाशित मिति: Sep 2, 2016

प्रतिक्रिया दिनुहोस्