Logo
१५ चैत्र २०८०, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुटपाटमा संलग्न अवैध हतियारसहित पक्राउ

pakraus

जुम्ला । लुटपाटमा संलग्न पाँच जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले गएराति मध्यरातमा जुम्ला जिल्लाको ब्रम्हमाणीचौर गाविस बडा नम्बर ३ न्याउरी घाटबाट पक्राउ गरेको छ । यार्सागुम्बा लुट्ने लगाएत गरगहना, धनमाल तथा पर्यटकहरुलाई समेत लुटपाट गर्ने उनीहरुलाई अवैध हतियार तथा स्वदेशी एवं विदेशी मुद्रासहित पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस जुम्लाबाट खटिएको एपीएफ टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले मध्यरातमा करीब साढे एक बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जुम्ला जिल्लाको गज्र्याङकोट २ घर बताउने ३० बर्षिय धिरबहादुर परियार, जुम्लाकै ढाप ६ वस्ने ३३ वर्षिय अशोक तिरुवा, जुम्ला जिल्लाको मालिकाटाटा ४ वस्ने ३२ वर्षिय मानबहादुर बोहरा, मुगु जिल्लाको जिमा ३ घर बताउने २५ वर्षिय गोविन्द टमटा र मुगु जिल्लाकै कोटवारा ८ घर बताउने ३१ वर्षिय दलबहादुर कार्की छन् ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले जुम्ला जिल्लाको उक्त न्याउरीघाटमा सर्चको कारवाही गर्दा धिरबहादुर परियारको झोलाबाट एउटा एसएमजी तथा सो को म्यागजीन एउटा र सो को सातवटा गोलीको साथै एउटा चाईनिज पेस्तोल र सो को एउटा म्यागजीन तथा उक्त पेस्तोलमा लाग्ने तीन वटा गोली फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

परियारसँगै लुटपाटमा संलग्न अन्य चार जनाको साथबाट भने केही नगद नेपाली रुपैयाँ बरामद भएको छ । उनीहरु मध्ये अशोक तिरुवाको साथबाट भने चाइनिज नगद ४१ तथा नेपाली नगद ७० हजार ४ सय ६८ रुपैयाँ बरामद भएको छ । पक्राउ परेकाहरुलाई बरामद हतियार तथा नगदसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा बुझाइएको छ ।

यसैबीच, काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका १४ कपन चोकमा भाद्र १६ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएको छ । सोही ठाउँमा रहेको राजकुमार लामाको घरमा गणेश दुलालले संचालन गरेको कस्मेटिक पसलमा इन्भर्टर सर्ट भई आगलागी भएको बताइएको छ ।

सो आगलागीबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल विपद उद्धार उपत्यका गण सिनामंगलबाट खटिएको एपीएफ टोली र जुद्धवारुण यन्त्रको कार्यालयबाट सशस्त्र प्रहरी वरिष्ठ हवल्दारको कमाण्डमा खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सक्रियताका साथ जुटेका थिए । उक्त आगलागीबाट करीव ६ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ ।
एपिएफद्धारप्रेसित समाचारमा उललेख छ ।

प्रकाशित मिति: Sep 2, 2016

प्रतिक्रिया दिनुहोस्