Logo
८ बैशाख २०८१, शनिबार
(September 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरेक बिहान श्रीमतीको खुट्टा ढोग्ने मन्त्रीको सेक्स भिडियो सार्वजानिक !

sandip
एजेन्सी । भारत स्थित दिल्ली सरकारका एक मन्त्री सन्दिप कुमारको सेक्स स्क्यान्डलले दिल्ली सरकारमा खैलाबैला मच्चिएको छ । सेक्स सिडी सार्वजनिक भएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले महिला एवं बाल विकासमन्त्री सन्दिप कुमारलाई पदबाट हटाएका छन् ।

स्मरण रहोस्, चुनाव प्रचारको क्रममा सन्दिप आफूलाई एक स्वच्छ छविका नेता बताउँथे । उनले एक बयानमा आफूले हरेक विहान श्रीमतीको खुट्टा छुने गरेको बताएका थिए । अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) मा दिल्ली सेक्रेटियटको अडिटोरियममा कुमारले आफ्नो सफलताको श्रेय आफ्नी श्रीमती रितुलाई दिँदै उनलाई सडकबाट उठेर मन्त्री पदसम्मको यात्रामा उनकी श्रीमती सधैं उनको प्रेरणाको स्रोत बनेको बताए । उनले हरेक बिहान उठेर आफ्नी श्रीमतीको खुट्टा ढोग्ने गरेको बताएका थिए ।

उनको उत्त, बयान पछि पूरा हल तालीले गुञ्जिएको थियो । खुट्टा ढोगेपछि श्रीमतीले उनलाई सधैं सफल रहने आशिर्वाद दिने गरेकोसमेत उनले बताएका थिए । यी दुईको दिल्लीको दयाल सिंह कलेजमा पहिलो पटक भेट भएको थियो । आठ वर्षको प्रेम पछि दुबैेले विवाहको निर्णय गरेका थिए ।

सुरुमा रितुका परिवार यसका लागि राजी थिएनन् किनभने सन्दिप कुमार निकै गरिब परिवारका थिए भने रितु एक आर्मी अफिसरकी छोरी थिइन् । दुबैको पारिवारिक, सामाजिक तथा आर्थिक माहोलको अन्तरले पनि यी दुईलाई अलग गर्न सकेन र उनीहरुले सन् २०११ अप्रिल ५ मा विवाह गरे । मन्त्रीको अश्लिल सिडी सार्वजनिक भएदेखि नै सन्दिप अंडरग्राउन्ड भइसकेका छन् । उनको तर्फबाट केही सफाई आएको छैन । उनको अफिसका अनुसार उनी आफ्नो बिरामी आमालाई भेट्न गाउँ गएका छन् ।

प्रकाशित मिति: Sep 1, 2016

प्रतिक्रिया दिनुहोस्