Logo
१५ चैत्र २०८०, बिहीबार
(September 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्यान लिने उद्देश्यले दुर्घटना गराएको भन्दै जाहेरी दर्ता

जनकपुर । ज्यान लिने उद्देश्यले सवारी दुर्घटना गराएको भन्दै आवश्यक छानविन गरी जिउ धनको शान्ति सुरक्षाको माँग गर्दै सुशिल यूवा सुशिल कर्णले जिल्ला प्रशासन कार्यालय धनुषामा जाहेरी दर्ता गराएका छन् । बिहिबार जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको जाहेरीमा यूवा कर्णले यस्तो माग गरेका छन् ।

जानकी मन्दिरका अबैद्ध महन्थ रामतपेश्वर दासले गरेको अनियमितताका बारे विभिन्न चरणमा विरोध गर्दै आएका जनकपुरका युवा सुशील कर्णमाथि सांघातिक आक्रमण भएको आरोप लगाइएको छ । बुधबार राती ९ बजे मोटरसाईकलमा सवार दुई जना युवाले कर्णमाथि जनकपुरको पुलचौकभन्दा करिब डेढ किलोमिटर पूर्वमा आक्रमण गरेका छन् ।

कर्णसँगै मोटरसाईकलमा सबार संतोष यादव पनि घाइते भएका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार पछि जनकपुर–१० देबी चौकस्थित घरमा पठाइएको छ । कर्णले भने,‘जनकपुरभन्दा पूर्व रहेको हसपुरबाट फर्किने क्रममा राती अध्यारोको समयमा सडक छेउमा मलाई पर्खिदै गरेका युवाहरुले मेरो मोटरसाईकल रोकाउन खोजे ।

मैले मोटरसाईकल नरोके पछि फलामको रड जस्तो सामान फाले । मेरो मोटरसाईकल भुईमा लड्यो । उनीहरु नजिकमा आएर गाली गर्दै भने ‘तैले जानकी मन्दिरको विरोध गर्दैमा केही विग्रिदैन ।’ र, अभद्र खालका गालीहरु गर्दै थिए । पछाडिबाट साथीहरुको मोटरसाईकल आउन थाले पछि उनीहरु भागे ।’

आजैसाँझ ७ बजे जनकपुरधामबाट प्रशारण हुने तराई–लोकतान्त्रिक पार्टीका संसद डा.विजय सिंहको जानकी एफएममा कर्णले जानकी मन्दिरका विषयमा अन्तरवार्ता दिएको बताए । जानकी मन्दिरका अबैद्ध महन्थ रामतपेश्वर दासले एउटै पोखरी माछा पालनका लागि एकै समयमा दुई जना ठेक्केदारलाई दिएका छन् । सो विषयमा पनि कर्णले विरोध गर्दै आएका छन् ।

पछिल्लो समय जानकी मन्दिरको विद्युत काटिएको विषयमा पनि उनीहरुले विरोध गर्दै आएका थिए । महन्थ दासको विरोध गरेको भन्दै वरिष्ठ पत्रकार राजेश्वर नेपालीका छोरा रविन्द्र साह र तत्कालिन नेकपा माओवादी युवा नेता राकेश नेपालीको हत्या गराइएको आरोप महन्थमाथि लाग्दै आएको छ ।

त्यस्तै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष रोशन जनकपुरीले समेत जानकी मन्दिर लगायत विभिन्न स्थानमा भईरहेको अनियमितताको मुद्दालाई जोडतोड साथ उठाउने यूवा सुशिल कर्ण माथि भएको सांघातिक हमलाको घोर भत्र्सना गर्दै निन्दा समेत गरेका छन् ।

उनले प्रहरी प्रशासनसंग अनुरोध गर्दै यस्ता खाले कायरतापूर्ण आक्रमणको योजनाकार र आक्रमणमा सहभागि दोषीहरुलाई अविलम्ब गिरफ्तार गर्न माँग गरेका छन् ।

प्रकाशित मिति: Sep 1, 2016

प्रतिक्रिया दिनुहोस्