Logo
६ बैशाख २०८१, बिहीबार
(September 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपाङ्ग संविधान भन्दै बाबुरामको कटाक्षः टाउकाको मूल्य तोक्नेकै बैशाखी !

baburam-party-chhade1

काठमाडौं । नयाँ संविधानमार्फत सबै नागरिकको अधिकार संस्थागत भइनसकेको अवस्थामा वर्तमान सरकारले संविधान दिवस मनाउने निर्णय गरेको प्रति नयाँ शक्ति नेपालका संयोजक डा. बाबुारम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको कटाक्ष गरेका छन् ।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ निशाना साँध्दै बाबुरामले टाउकाको मूल्य तोक्नेहरुको बैशाखीमा टिकेको भन्दै खिस्सी गरेका छन् ।

संविधानसभा सुन्नै नचाहाने दल (कांग्रेस) को बैशाखीमा टेकेर अडेको वर्तमान सरकारले संविधान दिवस मनाउने निर्णय गरेको सुन्दा आफूलाई औधी हर्षको अनुभूति भइरहेको भन्दै डा. भट्टराईले फेसबुकबाट प्रचण्डलाई ब्यंग्य गरेका हुन् । हाम्रा टाउकाको मूल्य तोक्नेकै वैशाखीमा टिकेको यो सरकारले संविधानसभाबाट नयाँ संविधान जारी भएको पहिलो वर्षगाँठ तामझामकासाथ मनाउने निर्णय गरेको सुन्दा औधी हर्षको अनुभूति भैरहेछ ।’

‘आफुले जन्माएको सन्तान अरूले माया गरेको देख्दा कस्लाई पो खुसी नलाग्दो हो र ?’, उनले भनेका छन्, ‘२०५२ सालमा संविधानसभामार्फत गणतन्त्रात्मक संविधान निर्माण गर्ने लगायतका ४० सूत्रीय माग पेस गर्दा त्यसलाई रद्दीको टोकरीमा फ्याक्ने र पुनः २०५८ सालको पहिलो शान्तिवार्तामा संविधानसभाबारे कुरै हुननसक्ने हुँकार गरेर वार्ता भंग गर्ने र हाम्रा टाउकाको मूल्य तोक्नेकै वैशाखीमा टिकेको यो सरकारले संविधानसभाबाट नयाँ संविधान जारी भएको पहिलो वर्षगाँठ तामझामकासाथ मनाउने निर्णय गरेको सुन्दा औधी हर्षको अनुभूति भैरहेछ ।’

तत्कालीन संविधानसभाको महत्वपूर्ण समिति संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति रहेका डा. भट्टराईले मौजुदा संविधानलाई ‘अपाङ्गता’ बोकेको संविधानको संज्ञा दिएका छन् ,कारोबारमा खबर छ । संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मेवारीमा सफल नभएपछि उनी नेतृत्वको समितिको पटक पटक म्याद थप भएको थियो । आफैंले हस्ताक्षर गरेको संविधानलाई बाबुरामले ‘अपाङ्ग’ संज्ञा दिँदै घुमाउरो शैलीमा अहिले नै संविधानको उत्सव मनाउन नहुने उल्लेख गरेका हुन् । संविधान जारी गरेको एक सातामै तत्कालीन बाबुराम एकीकृत माओवादी परित्याग गरी नयाँ शक्ति निर्माणमा लागेका थिए ।

नयाँ शक्ति नेपालको संयोजक डा भट्टराईले लेखेका छन्, ‘केही अपांगतासहित जन्मेको यो सन्तानलाई बेलैमा उपचार गरौं भन्दा नमानेर उल्टै जन्माउने आमालाई नै नानाभाँतीका फत्तुर लगाउनेहरूले यो अपांग बालिकालाई अतिसय माया गरेको स्वाङ्ग गर्दा चाहिँ कताकता आशंका लाग्दोरहेछ ! तैपनि यो बालसन्तानको दीर्घायू होस्।’

प्रकाशित मिति: Sep 1, 2016

प्रतिक्रिया दिनुहोस्