Logo
८ बैशाख २०८१, शनिबार
(August 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेस्तोलसहित  भारतीय नागरिक पक्राउ

pakraus

पोखरा, १५ भदौ । कास्कीको लेखनाथ नगरपालिकाबाट भारतीय मूलका एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् । सुनौली पारी घर भएका ती व्यक्ति केही दिनअघि नेपाल आएको बताइएको छ । उनी सुनको कारोबार गर्न भन्दै कास्की आएका थिए । तर अधिकारीको घर भाडामा लिने बेलामा भने उनले मार्वलको काम गर्ने बताएका थिए ।

अमेरीकामा बनेको पेस्तोल बोकेर हिंडिरहेको समयमा प्रहरीको टोलीले लेखनाथ ८ सिसुवाबाट ती व्यक्तिलाई पक्राउ गरेको हो । स्थानिय अशोक अधिकारीको घरमा मार्वलको काम गर्छु भन्दै कोठा भाडामा लिएर बस्दै आएका उनलाई प्रहरीले पक्राउ गरेको हो । आएको केही समयपछि उनले भारतीय सुन ब्यापारीलाई आफू अपहरणमा परेको भन्दै फोन गरेका थिए । ती भारतीय व्यापारीले भैरहवा प्रहरीलाई मेरो मान्छे अपहरणमा पर्‍यो भन्दै फोन नम्बर दिएको र सोही नम्बरको लोकेसनको आधारमा प्रहरीले ती व्यक्तिको खोजी गरेको थियो ।

पक्राउ परेकाको साथबाट अन्य सामग्री भेटिएको बताइएपनि प्रहरीले सार्वजनिक गरेको छैन । अनुसन्धानमा असर पर्ने भन्दै प्रहरीले थप विवरण नदिएको हो । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले भारतीय मूलका एक जना पेस्तोलसहित पक्राउ गरेको पुष्टी गरे । उनले पक्राऊ परेकाको सम्पूर्ण विवरण सार्वजनिक गर्दा अनुसन्धानमा असर पर्नसक्ने भएकाले अहिले थप बताउन नसक्ने बताए ।

स्थानीयले पनि शंकास्पद व्यक्ति भन्दै प्रहरीलाई खवर गरेको र ती व्यक्तिले प्रयोग गरेको नम्बरको लोकेसन पनि मिलेपछि प्रहरीले घेरा हालेर पक्राउ गरेको बताइएको छ । यद्यपी प्रहरीले भने आधिकारिक रुपमा यसको पुष्टी गरेको छैन । अनुसन्धानमा संलग्न डिएसपी बज्राचार्यले समूह नै भएको आशंकामा अनुसन्धान केन्दि्रत गरेको बताए ।

प्रकाशित मिति: Aug 31, 2016

प्रतिक्रिया दिनुहोस्